बिएल संवाददाता
माइतीघर मण्डलामा धर्ना दिएर बसेकी शोभा पाठक र एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतबीच हानाहान परेको छ।
माइतीघरमा पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनर्बहाली शोभा पाठक, रश्मिला धामी लगायतका युवतीहरू धर्नामा बसिरहेका छन्। सोही क्रममा सोमबार मध्याह्न १२ बजेतिर महेश पत्नी अम्बिका दलबलसहित पुगेर शोभामाथि हातपात गरेका हुन्।
भिडन्त छुट्याएर प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ। घटना आज दिउँसो १२ बजेतिरको हो।
केहीबेर दुईजनाबीच कुटाकुट परेको प्रत्यक्षदर्शीले बताए। केहीसमयमा प्रहरी आएर छुट्याएको थियो। प्रहरीले अम्बिकालगायतलाई नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेर लगेको छ।
शोभा पाठक महेश बस्नेतले आफूमाथि बतात्कार गरेको र भ्रूण हत्या गर्न बाध्य पारेको भन्दै कारबाहीको माग राखेर प्रदर्शन गर्दै आएकी छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया