बिएल संवाददाता
सरकारले संसद छलेर ल्याएको अध्यादेशको चौतर्फी आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको अनौपचारिक बैठक बोलाएको छ।
बुधबार बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो।
सांसदहरूलाई सूचना पठाउँदै भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलको अनौपचारिक छलफलमा पार्टी सभापति रवि लामिछानेसमेत सहभागी हुने भएकोले काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिको लागि अनुरोध छ।’
संसद् रोकेर सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेसँगै सरकारको चौतर्फी आलोचना भइरहेको छ।
संवैधानिक परिषदमा सत्ता पक्ष अल्पमतमा परेपछि बालेन शाह नेतृत्वको सरकारले अध्यादेशमार्फत प्रधान न्यायाधीशलगायत संवैधानिक नियुक्तिहरू पूर्ति गर्ने तयारी गरेको बताइन्छ।
झन्डै दुई तिहाइ नजिक बहुमत प्राप्त सरकारले संसदबाटै कानुन बनाउनुपर्नेमा संसद अधिवेशन रोकेर अध्यादेश रोजेको भन्दै रास्वपाकै सांसदहरूले सरकारको आलोचना गरेका छन्।
सांसद गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन्।
कार्कीले झन्डै दुई तिहाइ ल्याएको पार्टीको सरकारले अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी नभएको बताए।
उनले लेखेका छन,‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन। अध्यादेश सधैं संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यस पटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन।’
उनले विपक्षी दलले यस्तै बेलामा अध्यादेश ल्याउँदा आफूले उठाएका प्रश्नहरूको स्मरण समेग गराए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया