बिएल संवाददाता
सरकारले संसद छलेर दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुईवटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्बाट दुई अध्यादेश सिफारिस भएर आएको र राष्ट्रपति कार्यालयले अध्ययन गरिरहेको छ। अध्यादेशहरू आजै राष्ट्रपति कार्यालय शितलनिवास पुर्याइएको थियो।
यसअघि वैशाख १७ गतेका लागि बोलाइएको संसद् अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले स्थगित गरेका थिए। संसद स्थगित गरेर सरकारले अध्यादेश ल्याएको हो।
संवैधानिक नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्मा ६ जना सदस्य हुने व्यवस्था छ। जसमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश, विपक्षी दलका नेता रहन्छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया