बिएल संवाददाता
रास्वपा समानुपातिक सांसद रिमा विश्वकर्माले सिन्धुलीको खुर्कोटस्थित प्रहरी हिरासतमा झुन्डिएको अवस्थामा मृत फेला परेका श्रीकृष्ण विकको परिवारले दिएको किटानी जाहेरी अस्वीकार भएको आरोप लगाएकी छन्।
पिडित परिवारले किटानी जाहेरी दर्ता गर्न खोज्दा सिन्धुली प्रहरी र सिन्धुली सरकारी वकिलको कार्यालयले जाहेरी लिन अस्वीकार गरेको उनले बताएकी छन्।
रिमाले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘जाहेरीसमेत दर्ता नभए पछि जनताले न्याय कसरी पाउछन् सरकार?’
बलात्कार आरोपमा पक्राउ परेका सिन्धुलीका २२ वर्षीय युवा श्रीकृष्ण वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतको शौचालयभित्र आफ्नै सर्टले पासो लगाएर भुण्डिएको अवस्थामा फेला परेका थिए।
दलित अधिकारकर्मीहरूले प्रहरी पक्षबाटै विकको हत्या भएको आशंकासहित सत्यतथ्य छानबिनको माग गर्दै विरोध गरिरहेका छन्।
गृह मन्त्रालयले विको मृत्यु प्रकरणमा अनुसन्धान गर्न प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–३ का श्रीकृष्ण विक खोटाङकी १६ वर्षीया नाबालिकलाई बलात्कार गरेको आरोपमा ललितपुर सातदोबाटोबाट वैशाख ४ गते पक्राउ परेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया