बिएल संवाददाता
रास्वपा सांसद समीक्षा बाँस्कोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीति नै गर्ने भए कोट खोलेर आउन चुनौती दिएकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा समय मागेर बोल्दै उनले सर्वोच्चमा बसेका न्यायाधीशहरूको प्रमुख दायित्व, धर्म र जिम्मेवारी नै ‘न्याय सम्पादन’ रहेको जिकिर गर्दै सत्ता कब्जा गर्ने नियतले उत्रिएर काम गर्न थाले न्याय सम्पादन गर्न नसक्ने बताइन्।
‘यहाँ त सत्ता कब्जा गर्ने नियतले यदी न्यायपालिका त्यो लेभलमा उत्रिएर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन,’ उनले भनिन्, ‘म कानुनको विद्यार्थी भएको नाताले पनि के भन्छु भने न्याय सम्पादन सम्मानित सर्वोच्च अदालतमा बस्नुभएका न्यायाधीशहरूको प्रमुख दायित्व, धर्म र जिम्मेवारी हो।’
सर्वोच्च अदालतकी कामुन प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्चमा संवैधानिक परिषद्का सिफारिसविरुद्ध आएका रिटहरू दरपिठ गर्ने सर्वोच्च प्रशासनको निर्णय खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएपछि सरकार र सर्वोच्चबीच शक्ति संघर्ष सुरु भएको छ।
सांसद बाँस्कोटाले कामु प्रधानन्यायाधीश मल्लले कानुन दिवसको अवसरमा गरेको सम्बोधनप्रति पनि आपत्ति जनाउँदै राजनीति गर्ने भए कोट खोलेर मैदानमा उत्रिन चुनौती दिइन्।
‘कामु न्यायाधीशले डेलिगेशन बोलाएर दरपिठ भएका रिट दर्ता गर्न आदेश दिनु कतिको न्यायोचित हो?,’ सांसद बास्कोटाले प्रश्न गर्दै भनिन्, ‘उहाँ (सपना प्रधान मल्ल)ले कानुन दिवसको दिनमा गएर सार्वजनिक रुपमा ‘लडाईं अझै बाँकी छ’ भन्नुभएको छ। को सँग लडाईं हो? सत्तासँग लडाईं अझै बाँकी छ भन्नुभएको हो भने, यो खेद छ भन्दैगर्दा न्यायमूर्तीलाई यहीँबाट के बुझाउन चाहन्छु भने, राजनीति नै गर्न खोज्नुभएको हो भने कोट खोलेर आउनुहोला, हामी तयार छौं।’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया