गणतन्त्र सानो मेहेनत र प्रयासले आएको होइन: माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा सानो मेहेनत र प्रयासले गणतन्त्र नआएको बताएका छन्। १८औं गणतन्त्र दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गणतन्त्र दिवस मनाइरहेको बेला विगतका अनेक उतारचढावको सम्झना आइरहेको बताए। उनले भने, ‘आज गणतन्त्र दिवस मनाइरहेको बेलामा विगतका अनेक उतारचढावको सम्झना भइरहेको छ। सानो दुःखले आर्जेको मुलुक यो होइन भनेजस्तै सानो मेहेनत र प्रयासले नेपालमा गणतन्त्र आएको होइन। यो राम्ररी सम्झना गर्नुपर्ने आवश्यकता छ। कम्युनिस्ट पार्टीभित्रै पनि आँट, दृष्टिकोण नभएका पनि हुन्छन्। समय अनुसार चल्न नजान्नेहरू, समयको प्रवाहलाई नबुझ्नेहरूमा आत्मविश्वास पाउन सकिदैन।’
बिएल संवाददाता - काठमाडौं