बिएल संवाददाता
सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित हुने रुलिङ गर्न इन्कार गरेका छन्।
विपक्षी दलहरूले सभामुखले प्रधानमन्त्रीलाई एक मिनेट भए पनि उपस्थित हुन रुलिङ गर्नुपर्ने माग राखे पनि सभामुखले मानेनन्।
विपक्षी दलको अवरोधबिच सभामुखले पेलेरै सदनको कारबाही अघि बढाएका छन्।
विपक्षी दलहरूको इच्छा नेचुरुल (प्राकृतिक) प्रक्रिया भएको भन्दै उनले प्रधानमन्त्री उपस्थित हुने विषय पनि नेचुरल नै रहेको बताए। अर्यालले भने, ‘प्रधानमन्त्री आउने मिति तय हुने बित्तिकै म माननीय सदस्यहरूलाई जानकारी गराउँछु।’
विपक्षी दलको विरोध जारी भए पनि सभामुखले विधेयकमाथि छलफल अघि बढाएका छन्।
अवरोधकै बीच सभामुखले पर्यटन मन्त्री खडकराज पौडेललाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए।
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया