सोमबार, २५ मे २०२६

प्रधानमन्त्रीद्वारा गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न अस्वीकार, राष्ट्रपतिलाई पत्र

News Image
• • •

प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन गर्न अस्वीकार गरेका छन्।

जेठ १५ गते आयोजना हुने गणतन्त्र दिवस समारोहमा सधैं प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यसपटक बालेनले परम्परा तोड्ने भएका हुन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बालेनले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो सट्टामा गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन पत्राचार नै गरिसकेका छन्। स्रोतका अनुसार उक्त पत्र राष्ट्रपतिको कार्यालयमा पुगिसकेको छ। राष्ट्रपतिले जवाफ पठाइसकेका छैनन्।

‘संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई सम्बोधन गरिदिन’ भनी प्रधामन्त्रीले पत्राचार गरेको प्रधानमन्त्रीको सचिवालयले बतायो।

निर्वाचनताका मत माग्ने क्रममा थोरै मात्र बोलेका बालेनले प्रधानमन्त्री निर्वाचित भइसकेपछि कुनै पनि सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका छैनन्।

यसअघि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि नबोलेका उनी त्यसयता सांसदसँग प्रश्नोत्तर कार्यक्रममा समेत सहभागी भएका छैनन्। विपक्षीहरूले उनको सम्बोधनको माग गर्दै प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!