बिएल संवाददाता
नेकपा सहमतिमा आएपछि मधेश सरकार विस्तार हुने भएको छ।
सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्यनिस्ट पार्टीबीच १५ बुँदे सहमति भएपश्चात् मन्त्रिमण्डल विस्तारको तयारी थालिएको हो।
यसअघि अर्थ मन्त्रालय नपाएपछि नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने धम्की दिएको थियो।
समर्थन फिर्तापछि सरकार अल्पमतमा पर्ने भएपछि नेकपालाई मागेकै मन्त्रालय दिन गठबन्धनका अन्य दुई दल कांग्रेस र एमाले तयार भएका हुन्।
नयाँ सहमतिअनुसार एमालेबाट तीन र नेकपाबाट एकसहित चार मन्त्रीलाई सपथको तयारी गरिएको छ।
नेकपाका संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थ मन्त्रालय दिइने भएको छ।
एमालेबाट बिना विभागीय मन्त्रीको शपथ लिएका मोहम्मद समिरले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
यस्तै, एमालेबाटै शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालय, लखन दासलाई समाज कल्याण तथा खेलकुद मन्त्रालय र मनोज सिंहलाई शिक्षा तथा संस्कृति मन्त्री नियुक्त गर्ने तयारी छ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले उनीहरूलाई मन्त्री नियुक्त गरेर केहीबेरमा शपथ खुवाउने तयारी गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया