बिएल संवाददाता
नेकपा एमालेले पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बसेको सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष थिइन्। दुई कार्यकाल राष्ट्रपति खाएर बाहिरिएकी भण्डारीले लगत्तै सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै पुरानो पार्टी एमालेमा आफ्नो सदस्यता नवीकरण गराएको बताएकी थिइन्।
तर, अध्यक्ष ओलीले ०८२ साउन ६ गतेको केन्द्रीय समिति बैठकबाट भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गराएका थिए।
पार्टीको ११औं महाधिवेशनमा ओलीविरूद्ध भिँड्ने तयारीमा रहेकी भण्डारीको पार्टी सदस्यता खोसिएपछि उनको समर्थनमा तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल खडा गरेर ओलीविरुद्ध उत्रिएका थिए।
त्यसयता पार्टी गतिविधिमा नदेखिएकी भण्डारीलाई पहिलोपटक एमालेले आइतबार मदन-आश्रित ३३औं स्मृति दिवसका अवसरमा प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गरेको थियो।
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया