बिएल संवाददाता
विश्वासको मत लिएको दुई दिनमै कांग्रेस नेतृत्वको मधेस सरकार संकटमा परेको छ।
नेकपाले मागेको मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिने तयारी गरेपछि मधेसमा राजनीतिक भूकम्प जाने देखिएको हो।गठबन्धन सरकार जोगाउन नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू आकस्मिक छलफलमा जुटेका छन्।
मुख्यमन्त्री कृष्णकुमार यादवको सरकारी निवासमा अहिले एमाले संसदीय दलका नेता सरोज कुमार यादवसहित एमाले र कांग्रेसका शीर्ष नेताहरूको छलफल जारी छ।
अर्थ मन्त्रालय नेकपालाई दिने प्रारम्भिक सहमति भए पनि मुख्यमन्त्री यादवले उक्त मन्त्रालय एमालेलाई बुझाएपछि नेकपा सरकारबाट बाहिरिन लागेको स्रोतले बतायो।
एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई आजै शपथ गराउने तयारी भए पनि सत्ता समीकरण नै संकटमा परेपछि सपथ रोकिएको छ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक हुन्छ। मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत पाउँदा एमालेका २४, कांग्रेसका २२, नेकपाका १५ तथा नेपाल सङ्घीय समाजवादी पार्टीका एक सांसदसहित ६२ सांसदले समर्थन गरेका थिए।
नेकपाले हात झिक्ने बित्तिकै प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको छ।
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया