बिएल संवाददाता
नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले सरकारले एक हप्ताभित्र बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाल्ने संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा धारणा राख्दै सांसद राईले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए।
सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उनले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक संचालनमा कठिनाइ हुने उनले चेतावनी दिए।
उनले बदमासी गर्ने नागरिकलाई नियन्त्रणमा लिने सरकारले किन जनतालाई सास्ती दिने बाँदरलाई नियन्त्रण गर्न नचाहेको हो? भन्दै प्रश्न गरे।
‘यसबारेमा सरकार किन सिरियस हुँदैन? म भन्न चाहन्छु– यो सरकारले गर्ने थुप्रै कामहरूमा सबै भन्दा पहिला जनताको जीवनमा ठूलो समस्या भएको बाँदर छ। यो बादरलाई नियन्त्रण गर्न सकिएन भने जनजीवनको परिवर्तनमा ठूलो समस्या हुन्छ। तसर्थ तत्काल रुपमा यो बाँदरको समस्या समाधान गर्नका निम्ति यो सरकारलाई म ध्यानाकर्षण गराउन चाहन्छु। अब सात दिन भित्रमा बाँदरको समस्या समाधान भएन भने यसलाई कसरी समाधान गर्ने? चाहे कानूनी होस, चाहे कुन माध्यमबाट भएपनि सरकारले नियन्त्रण गरेन भने सबै सांसदहरूले यस बारेमा कुरा चलाउनु हुनेछ, संसद चल्न गाह्रो हुनेछ,’ उनले भने।
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया