बिएल संवाददाता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनले देशलाई भड्खालोमा जाकिनबाट बचाएको जिकिर गरेका छन्।
मंगलबार अर्थसमितिमा पूँजीबजारमा रहेका विकृतिबारे बोल्दै उनले अघिल्ला सरकारको पालामा राजनीति र प्रभावशाली आर्थिक संस्थाहरूलाई कब्जा पारेर आम जनताको पैसा कुम्ल्याउने प्रवृत्ति भएको बताए।
वर्तमान सरकारले विश्वस्तरीय पूँजीबजार बनाउने उद्देश्यसहित सुशासनमा केन्द्रीत हुने योजना बनाएको दाबी गर्दै अर्थमन्त्रीले अब स्टक एक्स्चेन्जको पुनर्संरचनाका लागि गठन गरिएको समितिले दिएको सुझाव कार्यान्वयनमा जाने बताए।
‘विगत केही वर्षमा यी संस्था केही व्यक्तिको कब्जामा गएको यथार्थ हो, जनताको १५/१६ अर्ब पैसा अपचलन गरेर मार्केट म्यानुपुलेसन, इन्साइडर ट्रेडिङ गरेर अकूत सम्पत्ति जम्मा गरेर राजनीतिलाई प्रभावित गरेर, केही प्रभावशाली नेतालाई त उनीहरूको गोजीमै राखेर, देशका राजनीतिक संस्था त कब्जा भए भए, आर्थिक संस्थाहरू समेत कब्जा गरेको एकदमै कटु यथार्थ छ,’ उनले भने, ‘जेनजी आन्दोलनलाई हामीले धन्यवाद दिनै पर्छ, त्यो हस्तक्षेप नभएको भए हामी साँच्चिकै भड्खालोमा जाकिने क्रममा रहेछौँ।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया