बिएल संवाददाता
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
सदनमा ‘प्रधानमन्त्रीको बोली सुन्न पाउनुपर्यो’ भन्दै विपक्षी दलको अवरोध कायम रहेपछि सभामुख डीपी अर्यालले छलफलका लागि बैठक स्थगित गरेका हुन्।
प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने माग गर्दै विपक्षीहरुले अवरोध गरिरहेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरूले हंगामा गरेका हुन्।
प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन सभामुखले समय दिएका थिए। त्यसपछि विपक्षीले अवरोध गरेका थिए।
त्यसबीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई असक्षम घोषणा गर्दै राजीनामा मागेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया