बिएल संवाददाता
भारतको विदेश मन्त्रालयले नेपालको निमन्त्रणामा हुन लागेको विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणको मिति दुई देशको आपसी समझदारीमा तय हुने बताएको छ।
मंगलबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक मिडिया ब्रिफिङका क्रममा मौरिससमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटवार्ताका क्रममा विदेशसचिव मिश्रीलाई भ्रमणको निम्तो दिएको जानकारी गराए।
प्रवक्ताले भने, ‘मोरिससमा हाम्रा विदेशमन्त्री र पनि नेपालका विदेशमन्त्रीसँग कुराकानी भएको थियो। विदेशमन्त्रीलाई नेपालको तर्फबाट निम्तो आएको थियो।’
प्रवक्ताले विदेशमन्त्रीको नेपाल भ्रमण भने पनि नेपालस्थित भारतीय दूतावासले भने प्रवक्ताले भूलबस भनेको र विदेश सचिवको नेपाल भ्रमणको निम्तो आएको बताएको छ।
विदेश मन्त्रालयले भ्रमणको मिति भने टुंगो नलागेको र दुई देशबीचको आपसी समझदारीमा भ्रमणको मिति टुंगो लाग्ने बताएको छ।
‘उहाँ नेपाल जाने मिति भने दुई देशबीचको समझदारीमा तय हुन्छ,’ उनले भने।
मिडिया ब्रिफिङका क्रममा प्रवक्ता जैसवाललाई एक सञ्चारकर्मीले भारतीय विदेश सचिवको नेपाल भ्रमण रोकिनुको कारणबारे प्रश्न गरेकी थिइन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया