बिएल संवाददाता
नेकपा एमालेले फेरि संसदमा नेपाली सेनामाथि प्रश्न उठाएको छ।
संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति तथा कार्यक्रममाथि प्रश्नमाथि प्रश्न उठाएका हुन्।
सोमबार संघीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि मंगलबार चलिरहेको छलफलमा क्रममा बादलले ती प्रश्नको नीति तथा कार्यक्रमले जवाफ दिन नसकेको बताएका हुन्।
‘सम्माननीय राष्ट्रपतिमार्फत आएको सरकारको १०० बुँदे नीति तथा कार्यक्रमले केही गम्भीर कुराको जवाफ दिन सकेको छैन,’ बादलले भनेका छन्।
सेनामाथि प्रश्न उठाउँदै बादलले भनेका छन्, ‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो?’
यस्ता छन् बादलका प्रश्न–
– राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ?
– देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो?
– लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दैछ?
– असंलग्न नीतिको खिल्ली उडाउँदै सशस्त्र टीओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ?
– निरंकुश पञ्चायत ढाल्दा शहीद विद्यार्थी गणतन्त्रका लागि लड्दा आफ्नो जागिर गुमाउने शिक्षक, कर्मचारी र पेशाकर्मीहरूको संगठित हुने मौलिक अधिकार बलात् खोसिँदा यो नीति तथा कार्यक्रमको घण्टी किन बज्दैन?
– ऋण लिएर विकास हुन्न भन्नेले सरकारको पहिलो बैठकबाटै अर्बौं ऋण स्वीकृत किन गर्छन्?
– शिक्षा, स्वास्थ्य, सहकारी आदि संस्थाहरूको नियमनको नाममा बलात् स्वायत्त हनन् हुँदा किन मसानघाटको मौनता?
– सुशासन, सुसंस्कार संस्कृतिको नमुना बन्नुपर्ने प्रतिनिधिले बारम्बार असभ्य र अराजक आचरण प्रदर्शन गर्दा सम्मानित सदन, सभामुख किन लाचार र नतमस्तक?
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया