बिएल संवाददाता
सभामुख डीपी अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलको असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बैठकमा रास्वपाका सांसद मनिष खनालले बादलको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएपछि सभामुखले रेकर्डबाट हटाउन रुलिङ गरेका हुन्।
सांसद खनालले बादलको अभिव्यक्तिले नागरिकका चेतनामाथि निरन्तर प्रहार गरेको आरोप लगाउँदै सभामुखलाई दोस्रो पटक ध्यानाकर्षण गराएका थिए।
उनले भने, ‘उहाँले आफ्ना कुरा राख्दा चुनावी परिणाम एआई’ र अल्गोरिदम, विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम’ भन्ने जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ। उहाँले यो सभालाई अराजकहरूको भीड र अस्वाभाविक गठजोड भन्ने जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ यो अत्यन्तै आपत्तिजनक र अमर्यादित छ।’
उनले, ‘नेपाली सेनालाई यसरी सस्तो शब्दमा, यसरी विरोधमा यसरी प्रयोग गरिनु अत्यन्तै आपत्तिजनक छ, अमर्यादित छ। नेपाली सेना भनेको सम्पूर्ण नेपालीको आशा र भरोसाको केन्द्रबिन्दु रहेको छ। कुनै पनि राजनीतिक दलको इशारामा ननाच्नु भनेकै आधारमा केही काम नगर्नु नै नेपाली सेना मूकदर्शक हुनु भन्ने उहाँले जुन हिसाबले कुरा राख्नुभएको छ, त्यो अत्यन्तै आपत्तिजनक छ।’
उनले बादलले सभामुखलाई समेत लाचार र नतमस्तक भन्ने आरोप लगाएको स्मरण गराए।
लगत्तै सभामुखले सचिवालयलाई बादलको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिए।
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया