बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहलाई ठूला भ्रष्टाचारका काण्डबारे लिस्टसहित स्मरण गराएका छन्।
शाहीले प्रधानमन्त्रीलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सचेत गराउन भन्दै ६५ वटा ठूला भ्रष्टाचारका काण्डहरूको सूची सार्वजनिक गरेका हुन्।
‘सम्माननीय प्रधानमन्त्रीज्यू र वर्तमान सरकारले देशमा भएका ६५ वटा ठूला भ्रष्टाचार काण्डका मुख्य दोषीहरूलाई कानुनी कठघरामा उभ्याउनु हुनेछ भन्ने कुरामा म पूर्ण आशावादी छु,’ शाहीले भनेका छन्।
यस्तो छ शाहीले सम्झाएको ६५ भ्रष्टाचारका काण्डहरू–
१. लाउडा विमान घोटाला
२. ललिता निवास जग्गा काण्ड
३. नक्कली भुटानी शरणार्थी काण्ड
४. वाइडबडी विमान खरिद काण्ड
५. सुडान एपीसी काण्ड
६. ३३ किलो सुन काण्ड
७. मेलम्ची खानेपानी आयोजना विवाद
८. सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड
९. ओम्नी समूह स्वास्थ्य सामग्री खरिद विवाद
१०. टेरामक्स काण्ड
११. बालुवाटार जग्गा प्रकरण
१२. क्यान्टोनमेन्ट घोटाला
१३. सहकारी घोटाला
१४. नेपाल ट्रस्ट जग्गा प्रकरण
१५. जनक शिक्षा सामग्री घोटाला
१६. डिजिटल लाइसेन्स प्रिन्टिङ घोटाला
१७. नागरिकता वितरण अनियमितता
१८. कर फर्छ्योट आयोग घोटाला
१९. फास्ट ट्र्याक मुआब्जा काण्ड
२०. बुढीगण्डकी मुआब्जा काण्ड
२१. एनसेल कर विवाद
२२. भूमाफिया प्रकरण
२३. नेपाल आयल निगम इन्धन खरिद विवाद
२४. काठमाडौं तरकारी बजार ठेक्का विवाद
२५. प्रधानमन्त्री रोजगार कार्यक्रम अनियमितता
२६. सार्वजनिक खरिद कमिसन सेटिङ प्रकरण
२७. नेपाल विद्युत प्राधिकरण ट्रान्सफर्मर खरिद विवाद
२८. रेल्वे खरिद काण्ड
२९. कृषि अनुदान घोटाला
३०. भैरहवा र पोखरा विमानस्थल ऋण तथा ठेक्का विवाद
३१. कोभिड–१९ परीक्षण तथा क्वारेन्टिन खर्च घोटाला
३२. चुहावट प्रश्नपत्र काण्ड
३३. ढुंगा–गिटी उत्खनन काण्ड
३४. मध्यपहाडी लोकमार्ग ठेक्का अनियमितता
३५. काठमाडौँ–तराई द्रुतमार्ग ठेक्का विवाद
३६. टेलिकम फ्रिक्वेन्सी वितरण विवाद
३७. रासायनिक मल खरिद घोटाला
३८. भूकम्प पुनर्निर्माण अनियमितता
३९. सांसद विकास कोष दुरुपयोग
४०. नक्कली शैक्षिक प्रमाणपत्र काण्ड
४१. काठ तस्करी काण्ड
४२. पञ्चायतकालीन बोनस काण्ड
४३. चिनी मिल तथा कृषि उद्योग काण्ड
४४. गोरखा सैनिक कल्याण कोष अनियमितता
४५. धमिजा काण्ड
४६. चेज एयर काण्ड
४७. गोर्खा फाइनान्स घोटाला
४८ ओरिएन्टल सहकारी काण्ड
४९. युनिटी लाइफ घोटाला
५०. स्विस बैंक कमिसन काण्ड
५१. महाकाली सन्धि टनकपुर प्रकरण
५२. जनकपुर चुरोट कारखाना घोटाला
५३. नेपाल ड्रग्स लिमिटेड काण्ड
५४. हाउजिङ तथा अपार्टमेन्ट ठगी काण्ड
५५. सवारी चालक अनुमति पत्र दलाली काण्ड
५६. त्रिभुवन विमानस्थल सुन तस्करी प्रकरण
५७. नक्कली भ्याट बिल काण्ड
५८. भन्सार राजस्व चुहावट काण्ड
५९. कर्णाली स्वास्थ्य सामग्री खरिद काण्ड
६०. पेट्रोलियम पाइपलाइन मुआब्जा विवाद
६१. जग्गा कित्ताकाट सेटिङ काण्ड
६२. सिंचाइ आयोजना भ्रष्टाचार प्रकरण
६३. स्थानीय तह बेरुजु काण्ड
६४. मेडिकल शिक्षा शुल्क तथा सिट बिक्री विवाद
६५. विदेश रोजगार ठगी काण्ड
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया