बिएल संवाददाता
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा रहेको टिप्पणी गरेका छन्।
शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित जनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै खड्काले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको टिप्पणी गरेका हुन्।
थापा सानेपाको मात्रै सभापति भएको टिप्पणी गर्दै नेता खड्काले आफूलाई भेट्न आएका बेला उनलाई सिंगो पार्टीको सभापति बन्न सुझाव दिएको पनि बताए।
‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु। तर पार्टी मिलाउने कि फुटाउने तपाईंहरूको जिम्मामा छ भनेको छु,’ उनले सभापतिलगायत नेताहरूसँगको भेटमा भनेको कुरा सम्झिँदै भने।
अदालतले जिताएपछि आफूहरूले पनि थापालाई सभापति मानेको उल्लेख गर्दै उनले विशेष महाधिवेशनकै कारण कांग्रेस चुनावमा पराजित भएर ३८ सिटमा खुम्चिनु परेको टिप्पणी गरे।
‘विशेष महाधिवेशनको कारणले कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाई नजिक पुग्यो। त्यो नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो’, उनले भने।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया