बिएल संवाददाता
नुवाकोटमा दाजुभाइको हत्या भएको प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयले सो घटनामा संलग्न भएको आशंकामा ६ जनालाई पक्राउ गरी अनुसन्धान बढाइएको बताएको छ। घटनामा कसको के भुमिका थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बतायो।
नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा बुधबार किम्ताङबेंसी निवासी ४१ वर्षीय सोमराज तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको शव फेला परेको थियो।
दिउँसो ४ बजे स्थानीय खोलाको छाँगोभित्र दाजुभाइको शव ढुंगाको चेपमा गाडेरको अवस्थामा फेला परेको थियो।
दाजुभाइको शवको प्रकृति हेर्दा गोली हानेर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। यद्यपि सो पुष्टि भइसकेको छैन। शव पोस्टमार्टममा पठाइएकोले रिपोर्टपछि वास्तविकता थाहा हुने प्रहरीले बताएको छ।
घटनास्थल नजिकै खुकुरी पनि फेला परेको र सो हतियार पनि हत्यामा प्रयोग गरिएको हुनसक्ने प्रहरीको अनुमान छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया