बिएल संवाददाता
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै कर्मचारी धम्क्याउने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ वीरेन्द्रचोक टोल घर भइ हाल काठमाडौं, शंखमुल बस्ने २२ वर्षीय प्रकाश खड्का रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो।
खड्काले दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिएको खुलेको छ।
कर्मचारी धम्क्याउने खड्का रास्वपा कार्यकर्ता रहेको खुलेको छ। अडियो सार्वजनिक भएपछि खड्काले हित विपरीत अमर्यादित र अवाञ्छित कार्य गरेको भन्दै रास्वपा दैलेख जिल्ला समितिले पनि एक्सन लिएको छ।
जिल्ला सचिव प्रकाश कुमार बुढाले खड्कालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्न केन्द्रीय अनुशासन आयोगलाई सिफारिस गरेका छन्।
वडा सचिवलाई धम्की दिने खड्कामाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका खड्कामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
खड्काले सचिव भण्डारीलाई धम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
‘प्रिय तिमीले एक्लो बनायौ’
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया