बिएल संवाददाता
रास्वपा सांसद गणेश पराजुलीले संसद्मा दिएको असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको छ।
वैशाख २९ गतेको बैठकमा सांसद पराजुलीले बोलेका २ वटा असंसदीय शब्द प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिइएको सभामुख डीपी अर्यालले जानकारी गराए।
‘वैशाख २९ गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई हटाउन निर्देशन गरेको छु,’ सभामुख अर्यालले भने।
त्यसअघि सभामुखले प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड (घ) सम्झाएका थिए। उक्त खण्डमा सदस्यहरूको कस्तो अभिव्यक्ति दिन नमिल्ने भन्ने व्यवस्था छ।
बुधबारको बैठकमा एमाले सांसद ऐन महरले पराजुलीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया