बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगन थापाले देउवा पक्षलाई पनि समेटेर अघि बढ्न तयार रहेको बताएका छन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कर्णाली पुगेर गुटको भेला गर्दै पार्टीमा अपमान सहेर बस्न नसकिने बताएपछि गगनले पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित प्रत्येक नेतालाई समेटेर जान तयार रहेको बताएका हुन्।
आइतबार आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै थापाले १४औं महाधिवेशनबाट निर्वाचित भएका नेताहरूको ठूलो पङ्ति बाहिर रहेको उल्लेख गर्दै विशेष महाधिवेशनमा सहभागी हुने र नहुनेलाई फरक व्यवहार नहुने प्रतिवद्धता जनाए।
उनले भने, ‘१४औं महाधिवेशनबाट निर्वाचित प्रत्येकलाई केन्द्रीय समितिमा ल्याएर मानका साथ सँगै लिएर काम गर्न चाहन्छु। यो मेरो प्रस्ताव हो। वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, अन्यलाई यथोचित जिम्मेवारी दिन तयार छु। विशेष महाधिवेशनमा आएको थियो वा थिएन भन्ने आधारमा अवसरको वितरण हुँदैन। एउटा निर्णय पनि विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा हुँदैन।’
थापाले पार्टीको महाधिवेशनका लागि बनाइएका समितिहरूमा बस्न चाहनेहरूलाई जुनसुकै माध्यमबाट नाम पठाउन सक्ने बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया