बिहिबार, १४ मे २०२६

रास्वपाविहिन राष्ट्रिय सभाको रोचक दृश्यः सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

News Image
• • •

राष्ट्रिय सभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पास भएको छ। 

रोचक दृश्य के छ भने, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्वविहीन रहेको सभाबाट विपक्षीहरूको सबै संशोधन फेल फेल भएको छ।

सरकारको नीति तथा कार्यक्रममा कांग्रेस, एमाले, नेकपाका सांसदहरूले एकल र संयुक्त संशोधनहरू राखेका थिए, कतिपय संशोधनहरू सांसदहरूले फिर्ता लिए पनि बाँकी संशोधन सभाले अस्वीकृत गर्दै सरकारको कार्यक्रम बहुमतले पास गरेको हो।

एमालेले बहिष्कार गरेर मतदानमा सहभागी नै नभएपछि कांग्रेस र नेकपाको साथले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि सांसदहरूको प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभाले पारित गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले तीन दिन अघि संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए।

अर्थमन्त्री वाग्लेले सरकारले सांसदहरूका सबै सुझावहरूलाई ग्रहण गरेको र अब बजेटमा ती सुझाव अनुसार आउने प्रतिबद्धता जनाए।

‘सरकारले सबै सुझावहरूलाई ग्रहण गरेको छ। लिखित तथा मौखिक धारणाले सबैको स्वामित्व भएको छ। प्रतिक्रयालाई बजेटमा समावेश गर्छु। प्रस्तुत नीति तथा कार्यक्रममा बजेटको नीति तथा सिद्धान्तको प्राथमिकता पेश गर्नेछु। हामी पाङ्ग्रा मात्र फेर्न आएका होइनौं। हामी अग्रगमनको बाटोमा जाने हो।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!