शनिबार, ०८ नोभेम्बर २०२५

विशेष अदालतले गरेको जलहरीको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

विशेष अदालतले त्रुटीपूर्ण फैसला सुनाएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई विशेष अदालतले त्रुटीपूर्ण सफाइ दिएको दाबी गर्दै अख्तियारले शुक्रबार सर्वोच्च पुनरावेदन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किट कलेजका नेपाली विद्यार्थीहरूको खुलासा: हामीमाथि कुटपिट भयो

भारतको ओडिसास्थित कालिङ्गा ईन्सिटच्युट आफ ईन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफूहरूमाथि अपराधिक क्रियाकलाप भएको बताएका छन्। उनीहरूले स्थानीय प्रहरी र सुरक्षा गार्डले अमानवीय व्यवहार गरेको समेत बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महाकुम्भले घटाउँला शिवरात्रिमा आउने साधुसन्तको संख्या?

‘महाकुम्भ शिवरात्रीकै दिन सम्पन्न हुँदैछ। त्यसैले कतिपय साधुहरु अपेक्षा गरिएको भन्दा कम पनि आउन सक्नुहुन्छ। कतिपयले महाकुम्भमा स्नान गरेर आइसक्नु भएकाले उहाँहरु पशुपतिमा आउने सम्भावना छ। गत वर्ष २५ सय तीन हजारको आसपासमा साधुसन्त आउनु भएको थियो, यसपाली पनि त्यतिनै आउनुहोला,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संघीय निजामती विधेयकमा सहमति जुटाउन ११ सदस्यीय संसदीय उपसमिति गठन

संसद्‌को राज्‍यव्‍यवस्था समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरेको छ। नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको नेतृत्वमा निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जन्ती बाेकेकाे बस दुर्घटना हुँदा एककाे मृत्यु, २४ जना घाइते

उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।   मृत्यु हुनेमा बस सपार बाराको बारा गढी गाउँपालिका–४ का ७० वर्षीय सीताराम धामी रहेका छन्।  मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगी टोलमा प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक ठोक्किएर दुर्घटना भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रकाशमान सिंह र जापानी राजदूत मायदाबीच भेटवार्ता

शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि जापानी राजदूत तोरु मायदाबीच  शिष्टाचार भेटवार्ता भएको छ।  शहरी विकास मन्त्रालयमा शुक्रबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जडीबुटी उत्पादन कम्पनी र साल्ट ट्रेनिङ कर्पोरेशनबीच सम्झौता

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र साल्ट ट्रेनिङ कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको छ। बिहिरबार भएको उक्त सम्झौताअनुसार अब जडीबुटी कम्पनीमा उत्पादित सन्चोलगायतका अन्य सामानहरू साल्ट ट्रेनिङ कर्पोरेशनमा पनि पाइनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रकृति लम्साल मृत्यु प्रकरण: उच्चस्तरीय समितिले बोलायो किटका संस्थापकलाई

ओडिशा सरकारको उच्चस्तरीय समितिले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)का संस्थापक अच्युत सामन्तलाई बोलाएको छ।  कलेजमा नेपाली विद्यार्थीको मृत्यु र अन्य विद्यार्थीहरूलाई निष्कासन गरेको मामिलामा उच्च शिक्षा विभागले सामन्तलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंलाई फेब्रुअरी २१ मा साँझ ६ः ३० बजे स्टेट गेस्ट हाउसमा उच्चस्तरीय समितिसमक्ष उपस्थित हुन अनुरोध गरिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि बजेट सुनिश्चित

गत असोज महिनामा आएको बाढी पहिरोको कारण क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि सरकाले ८ अर्ब  ५० करोड रुपैँया बजेट सुनिश्चित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

३६ किलोमिटर दौडन सक्ने अचम्मकाे कुकुर!

चीनमा १० सेकेन्डमा १०० मिटर वा प्रतिघण्टा ३६ किलोमिटर दौडन सक्ने रोबोटिक कुकुरको विकास गरिएको छ। ३८ किलो वजन र ६३ सेन्टिमिटर अग्लो रोबोट झेजियांग विश्वविद्यालयमा विकास गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुधार केन्द्रमा युवकको मृत्यु भएपछि...

जनकपुरधामस्थित किशोरी फाउन्डेसनको सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादव रहेका छन्। दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका यादवको बुधबार साँझ मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीलाई बालेनकाे आग्रह: नेपाली भएर बाच्ने आधार दिनुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल प्रहरीमा तीन सय ९३ जनाका लागि खुल्यो जागिर

नेपाल प्रहरीले जागिर खुलाएको छ। नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको हो।  प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किट कलेजबाट एक सय ५९ विद्यार्थी स्वदेश फर्किए

भारतको ओउडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन्। केआईआईटीमा अध्ययनरत  विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उनीहरू स्वदेश फर्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

झापाको पोल्ट्री फार्मले मोरङमा दुर्गन्ध, स्थानीय आक्रोशित

मिनाका अनुसार गाउँमा धेरैजसो घरमा बालबालिका र जेष्ठ नागरिक छन्। बालबालिका र बिरामीहरूको स्वास्थ्यमा झनै प्रतिकुल असर गरेको छ। फार्मको फोहरका कारण झिँगा भन्केर खाना खान समस्या हुनुका साथै बालबालिका बिरामी पर्ने लगायतका समस्या देखिएको स्थानीयवासी ललिता पोमुले गुनासो गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

प्रकृतीको नाममा नेपाली विद्यार्थीका लागि ‘छात्रवृत्ति कोष’ स्थापना गर्ने केआईआईटीको घोषणा

‘अच्युत सामन्तले प्रकृतीका बुबा र काकालाई भेटेर प्रकृतिको सपना जीवित रहने आश्वासन दिनुभयो। उनको सम्झनालाई सम्मान गर्न र उनका बुबाको इच्छा अनुसार, केआईआईटीले उनको नाममा नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति सुरु गर्नेछ। यो पहलले प्रकृती जस्ता धेरै प्रतिभाशाली विद्यार्थीहरूलाई कुनै बाधा बिना आफ्नो शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधानसभा सदस्य विदुर सापकोटाको निधन

काभ्रेको मण्डनदेउपुर नगरपालिका-७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो। यही फागुन ४ गते उनी उपचारार्थ अस्पतालमा भर्ना भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नजिकियाे शिरात्रि, रंगिदैंछ पशुपति (फाेटाेफिचर)

महाशिवरात्री–२०८१ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुँदैछ। महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो। महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री १४ फागुनमा परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतबाट फर्किएका विद्यार्थीले सुनाए प्रकृतीको आत्महत्या प्रकरणको नालिबेली

‘हामी घटना भएको ठाँउमा पुगेर ह्यारेसमेन्ट गर्ने केटा अद्विक श्रीवास्तव कहाँ छ भनेर सोधपुछ गरेका थियौं। अद्विक श्रीवास्तव एमएलएको छोरा हो, मुख्य कुरा नै यही हो। त्यसको विरुद्धमा प्रकृतीले दुई पटकसम्म लिखित उजुरी र त्यो भन्दा बढि प्रशासनमा गएर उजुरी गरेको थियो। यसमा केही याक्सन भएको थिएन्। हामीले त्यो केटाको खोजी गर्दा उनीहरू पक्राउ परिसकेका छन् भन्ने कुरा आयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गौतमबुद्ध विमानस्थलको शौचालयमा भेटिएको सुनको सिक्री कसको?

यसअघि सरसफाइ कर्मचारीसँगको सेटिङमा सुन बाहिरिएको हुन सक्ने आशंका गरिएको छ। त्रिभुवन विमानस्थलमा कडाइ हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको नयाँ ट्रान्जिट पोइन्ट बन्न थालेको स्रोतको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - भैरहवा