बिएल संवाददाता
काठमाडौं महानगरपालिका–१३ स्थित सोल्टीमोडबाट प्रहरीले रिभल्बरसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिकाका ३० वर्षी सन्तोष गुरुङ छन्। उनी सोल्टीमोडमा बस्दै आएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार मङ्सिर १२ गते पक्राउ परेका गुरुङले सोल्टीमोड रेडक्रस मार्गमा रहेको खाली जग्गाको झाँडीमा प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा अमेरिकन रिभल्बर बरामद गरिएको हो।
उनले जेनजी आन्दोलनका क्रममा सो रिभल्बर लुटेको हुनसक्ने प्रहरीको अनुमान छ। युवकले भने अर्कै युवकसँग किनेको बयान दिएका छन्।
गुरुङविरुद्ध यसअघि पनि अभद्र व्यवहार र चोरी सम्बन्धी कसुरमा मुद्धा चलिसकेको खुलेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया