शनिबार, ०८ नोभेम्बर २०२५

भारतमा नेपाली विद्यार्थीमाथि अत्याचार, कुटिकुटि होस्टलबाट निकालियो (भिडियोसहित)

पत्रकार झाका अनुसार जबरजस्ती होस्टलबाट निकाल्दै नेपाली छात्रहरूलाई रल्वे स्टेसनमा पठाइएको छ। र, सबैको फोन फुटाइएको छ। गर्ल्स होस्टलमा रहेका विद्यार्थीहरूलाई पनि खाना खान दिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - भारत

कुम्भ मेलामा स्नान गरेर फर्किदा नेपाली सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

कुम्भमेलाबाट फर्किँदै गर्दा युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटना भएको हाे। दुर्घटनामा सवारी चालकसहित पाँच जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

थाइल्यान्ड उडिन् पूर्वराष्ट्रपति, विमानस्थलमा एमाले नेताकाे लर्काे

उनी आज बिहान ११ बजे नेपाल वायुसेवाको उडानमार्फत स्वास्थ्य परीक्षणसँगै घुमघामका लागि थाइल्यान्ड गएकी हुन्।  बैंकक बसाइँको क्रममा पूर्वराष्ट्रपति भण्डारीले थाइल्यान्डस्थित नेपालका नेपाली, बर्मेली नेपाली, थाई नेपाली र एमालेनिकट व्यापारीहरूसँग भेटघाट गर्ने भण्डारीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

महाकुम्भबाट चर्चा बटुलेकी माेनालिसा नेपाल आउने

महाकुम्भ मेलाको त्रिवेणी संगममा युवती शिवको प्रतीक रुद्राक्ष बेच्थिन्। आँखाको फरक रङका कारण त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले उनलाई मोनालिसासँग तुलना गर्न थालेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मनाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो। सानो धक्काले मनाङ र आसपासको क्षेत्रमा हल्लाए पनि क्षति भने नभएको प्रहरीले जनाएको।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वायु प्रदूषणले धुम्म बन्यो काठमाडौं (तस्बिरहरू)

पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ। काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेकाे छ। प्रदूषणका कारण बिहानैदेखी आकाश धुम्म बनेको छ। आकाश धुम्मकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारले विद्रोहको आवाजलाई ‘अराष्ट्रिय तत्त्व’ भन्याे!

सत्ताले परिवर्तन र विद्रोहको आवाजलाई ‘अराष्ट्रिय तत्त्व’, ‘विदेशी दलाल’, ‘परिचालित’ आदि भनेको त हामी सुन्दै आएका हौँ। अहिलेका सत्तासीन दल र नेताहरूलाई समेत परिवर्तनको पक्षमा बोलेका बेला यस्तै भनिएको थियो होला। तर दुर्भाग्य के छ भने अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि सीमान्तकृत समुदायका आवाजलाई सरकारले सुन्ने हैन दबाउने, माग सम्बोधन गर्ने हैन यस्ता आवाज बोल्नेहरूको चरित्रहत्या गर्नेतिर लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ दिल्लीमा बिहानै भूकम्पको धक्का

भारतको राजधानी नयाँ दिल्लीमा बिहान सबेरै भूकम्प गएको छ। बिहान ५ बजेर ३६ मीनेटमा गएको ४ रेक्टर स्केलको भूकम्पले नयाँ दिल्ली र वरपरको क्षेत्रलाई हल्लाएको छ।  यसअघि जनवरी ७ को बिहान चीनको सिचाङमा गएको ७.१ रेक्टर स्केलको भूकम्पको धक्का पनि महशुस गरिएको बताइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीविरुद्धको मुद्दामा ‘कारण देखाउ आदेश’ जारी

गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर उल्टै अध्यादेशमार्फत जग्गा बेचबिखन गर्न खोजेको आरोप लगाउँदै अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित गत माघ २९ गते प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको अबहेलनामा मुद्दा दायर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलुन विस्फोटका घाइतेको अवस्था सुधारोन्मुख, भेटघाट बन्द

कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयुमा उपचाररत दुवैजनाको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको अस्पतालले जनाएको हो। अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था हिजोभन्दा आज सुधारोन्मुख रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलुन विस्फोटबारे अनुसन्धान गर्न गृहमन्त्रीले बनाए छानबिन समिति

समितिले आइतबारदेखि नै बेलुन विस्फोट घटनाको के कसरी भयो? त्यसको विस्तृत छानविन र आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा पूर्वसर्तकता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोसिमाको रिटमा आज निर्णय सुनाउँदै सर्वोच्च, संयुक्त इजलासमा पेसी

नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य कार्कीले पदत्याग नगरी उम्मेदवारी दिएको र सार्वजनिक पद धारण गरेको व्यक्ति निर्वाचनमा उम्मेद्वार हुन नसक्ने भन्दै उनीविरुद्ध उजुरी परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीविरुद्धको मुद्दा न्यायाधीशद्धय सुवेदी र पाण्डेयको संयुक्त इजलासमा

गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर उल्टै अध्यादेशमार्फत जग्गा बेचबिखन गर्न खोजेको आरोप लगाउँदै अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित गत माघ २९ गते प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको अबहेलनामा मुद्दा दायर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलुन विस्फोटका घाइते भेट्न कीर्तिपुर पुगे राष्ट्रपति

राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शानदार मःम पसलमा ग्याँस विस्फोट हुँदा घाइते थप एक जनाको मृत्यु

काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा थप एक जनाकाे मृत्यु भएकाे छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भई काठमाडौं महानगरपालिका कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाकाे मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विष्णु पौडेल र धनराज आचार्यको सघन कक्षमा उपचार हुँदै

अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीका अनुसार प्रारम्भिक मूल्यांकन अनुसार उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको जानकारी दिएका छन्। तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना

पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगो लाग्दा उनीहरू घाइते भएका थिए। पोखरामा सामान्य उपचारपछि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। अहिले अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विष्णु पौडेल र धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

शनिबार पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरणका क्रममा उडाउन लागिएको बेलुन पड्किएपछि उनीहरू आगोको लप्कामा परेका थिए। अर्थमन्त्री पौडेलभन्दा मेयर आचार्य बढी घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रमण वर्ष उद्घाटनमा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर घाइते

पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरणका क्रममा उडाउन लागिएको बेलुन पड्किएपछि मेयर आचार्य घाइते भएका हुन्। उडाउनै लागिएको बेलुनका गुच्छा पड्किएपछि आचार्यलाई आगोले पोलेको थियो। उनको घाँटीमा आगोले पोलेको र उपचारका लागि फिस्टेल अस्पताल लगिएको प्रहरीले जनायो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा