बुधबार, २० मे २०२६

बडिमालिका गएका तीर्थयात्रीको भीरबाट खसेर मृत्यु

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकवाल हवारीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘छ जना छोराछोरी बाढीमा हराए’, नेपाली दम्पत्तीले सुनाए त्यो अन्तिम कुराकानी

‘बुवा हामी बाँच्छौं कि बाँच्दैनौं थाहा छैन। नालामा धेरै ठूलो पानी आइसकेको छ’ यत्ति भनेपछि फोन कट्यो र अहिलेसम्म उनीहरूलाई आफ्ना सन्तानका बारेमा केही थाहा छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँने क्रममा दुबई प्रस्थान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तुर्कमेनिस्तान

उत्तराखण्ड प्रलय: शोकमा डुब्यो जाजरकोट, ७ जनाको मृत्यु, कैयौं नेपाली बाढीमै वेपत्ता

‘त्यहाँ अहिले बिजुली, टेलिफोन केही पनि छैन। सबै अस्तव्यस्त छ। एउटै क्याम्पमा रहेका यहाँका स्थानीयवासीले आफ्ना साथीहरू हराएको भन्नुभएको थियो’ बिएल नेपाली सेवासँग बस्नेतले भने ‘उहाँले त्यहाँको सैनिक क्याम्पमा रहेको इन्टरनेट प्रयोग गरेर म्यासेन्जरमा कुरा गर्नुभएको थियो। सँगै रहेका सातजनालाई बाढीले बगाएर लगेको र उहाँहरूको मृत्यु भइसकेको उहाँले बताउनुभएको थियो। बाँकी साथीहरुको बारेमा अहिलेसम्म केही थाहा छैन भन्नुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उत्तराखण्डको बाढीपहिरो: १७ नेपाली सम्पर्कविहीन, के भन्छन् प्रधानमन्त्री?

भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमापरी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

...त्यसपछि तुहियाे सन्दीपको ‘फुटबलर’ बन्ने सपना

आफूले प्रेम गरेर ल्याएकी श्रीमतीसँग छुट्टिदा विक्षप्तिएका थिए सन्दीप। उनले रक्सी पिउन थाले। दिनमा काम गर्ने अनि रातमा रक्सी पिउने उनको दिनचर्या बन्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाँच सय लगानीले जो बने प्रख्यात: पवनको कैंचीमा भरोसा गर्ने उर्लाबारी  शहर

१८ वर्षअघि पवनले पाँच सय रुपैयाँको औजार किनेर कपाल काट्न थालेका थिए। दिल्लीमा सिकेको सीप लिएर फर्किएपछि उर्लाबारीमा पसल सुरु गरे। सुरुमा गिज्याइएका, हेपिएका उनी अहिले दैनिक १० हजारसम्म कमाउने सफल उद्यमी बनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी, मोरङ

विक्री भएन यार्सागुम्बा, मारमा संकलक र व्यापारी

संकलनकर्ता र व्यापारीहरूबिच कारोवार नहुँदा करिब दुई क्विन्टल यार्सागुम्बा मुगुमै थन्किएपछि संकलक र ब्यापारी मारमा परेका हुन्। तथ्यांक अनुसार यार्सागुबाको कारोवार गत बर्षहरू भन्दा पछिल्ला बर्षहरूमा घट्दो छ।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

आइतबार सार्वजनिक बिदा

आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै गाईजात्राको अवसरमा आइतबार सार्वजनिक बिदा दिने सूचना सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कम्फावासी दूषित पानी पिउन बाध्य, जोखिममा स्वास्थ्य

सुरक्षित खानेपानीको सुविधा नहुँदा यहाँका करिब ४० घरधुरीका स्थानीयवासी खोल्सो, नदी र पोखरीजस्ता सतही स्रोतको असुरक्षित पानी प्रयोग गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

रविलाई भेटेपछि बाबुरामको प्रतिक्रियाः जनप्रतिनिधिलाई भागेर सुख छैन, जमानतमा छाड्नुपर्छ

उनले मुद्दामामलाको कुरा अदालतले फैसला गर्ने भएपनि मानवियताको नाताले र राजनीतिक हिसाबले पनि वैकल्पिक अभियानमा रहेकाले लामिछानेलाई भेटेर सदभाव प्रकट गर्न आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता -

लगातार पाँच बढुवामा छुटाइएका डीएसपी थापा बल्ल एसपी बढुवामा सिफारिस

नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिले एसपी नवीनकृष्ण भण्डारीको अवकाशलगत्तै रिक्त रहेको दरबन्दीमा बुधबार डीएसपी थापालाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत जाने नेपाली पनि अब ‘श्रम नीति’को दायरामा

यसअघिको वैदेशिक रोजगार नीति, २०६८ लाई विस्थापन गर्ने यो नीतिलाई मन्त्रिपरिषद्ले आइतवार स्वीकृत गरेको हो। यसमा अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण तथा विदेशी श्रमिकको नियमनका विषय पनि समेटिएको सरकारले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी नेता थापा ‘भ्रष्टाचार र अकुत सम्पत्ति’ आर्जनमा दोषी ठहर

माओवादी नेता तथा सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन्। १६ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार आंशिक ठहरको फैसला सुनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पाँच युद्ध रोकेको दाबी गर्दै ट्रम्पले भने, ‘अब रुस-युकेनको पनि शीर्ष वार्ता हुन्छ’

ह्वाइट हाउसमा पत्रकारहरूलाई जवाफ दिँदै ट्रम्पले फेरि पनि भारत-पाकिस्तानसहित विभिन्न पाँच युद्ध रोकेको दाबी गरेका हुन्। भारत-पाकिस्तानको युद्ध आफूले नै रोकेको भन्ने दाबी ट्रम्पले ३० पटक गरिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतमाथि खनिए ट्रम्प, ५० प्रतिशत कर पुर्‍याएपछि भारतको कडा जवाफ

हामी फेरि दोहोर्‍याएर भन्छौं यो अनुचित र तर्कहीन निर्णय हो। भारत आफ्नो राष्ट्रिय हितका लागि आवश्यक सबै कदम उठाउन तयार छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पशुपति शर्मा सवार कार दुर्घटना, भन्छन्: खासै केही भएको छैन, ग्रह कट्यो

सिद्धार्थ राजमार्गअन्तर्गत पोखराबाट वालिङतर्फ जाँदै गरेको ग१च ४१७१ नम्बरको कार अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - स्याङ्जा

जगदम्बा मोटर्सले नाइमा एक्स्पोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी गाडीहरू प्रस्तुत गर्दै

नेपालको अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्स प्रा.लि., शंकर समूह अन्तर्गतको एक प्रतिष्ठित कम्पनीले अब व्यावसायिक विद्युतीय सवारी साधन (इभी)को क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डा. गुरू कुमारन स्वामीले भेटे उद्यमी व्यवसायी, नेपालमा लगानी गर्ने चाहना

कम्बोडियामा पाँचौं धाम स्थापना गरेका डा. गुरू कुमारन स्वामीले नेपालका औद्योगिक घरानाका अगुवासँग मङ्गलबार र बुधबार भेटवार्ता गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं