बिएल संवाददाता
सीईओ अशोक शेरचनसँगको निकटतम सम्बन्धको आडमा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तको हैकमले बैंकका कर्मचारी आजित बनेका छन्।
पन्तमाथि स्रोतको चरम दुरुपयोग, अनियमितता, स्वार्थ बाँझिने गरी नातावाद हाबी हुने गरी नियमविपरीतका कार्य गर्दै आएको गम्भीर आरोप लागेको छ। त्यसो त सिंगो बैंक नै पन्तकै निर्देशनमा चल्छ भन्दा फरक पर्दैन।
जुनियर कर्मचारीको त कुरै छोड्न सिनियर कर्मचारीहरूमाथि समेत हैकम जमाउन खोज्ने रश्मीको हर्कतले कर्मचारीहरू असन्तुष्ट छन्।
नियुक्तिमा ‘आफ्नै हात जगन्नाथ’
बैंकले तोकेको कार्यलय समय विपरीत ढिलागरी हाजिर हुने पन्त कार्यालय आउने बित्तिकै कर्मचारीहरूमाथि शक्ति प्रदर्शन सुरु गर्छिन्। चरम स्रोतको दुरुपयोग त भइहाल्यो नातावादले समेत बैंक गाँजेको छ। शक्तिको दुरुपयोग गर्दै रश्मीले आफ्नै सहोदर भाइलाई कानुनी सल्लाहकारसमेत नियुक्त गरेकी छन्।
कर्मचारी नियुक्तिमा समेत उनको ठाडो हस्तक्षेप देखिन्छ। उनले बैंकमा करिब २०० कर्मचारीहरू आफ्ना नातेदार तथा आफ्नो क्षेत्र (सुदूरपश्चिम)का भर्ती गरेको बैंकका कर्मचारी बताउँछन्। कञ्चनपुरकी पन्तले भर्ती गरेका तिनै व्यक्तिहरू नेतृत्व तहमा छन्। मानव संसाधन प्रमुख, खुद्रा क्रेडिट प्रमुख, सामान्य सेवा विभाग, एसएमई र कर्पोरेट प्रमुख सबै उनकै क्षेत्रका छन्।
यतिमात्र होइन बैंकको स्रोतको व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको भेटिएको छ। हामीलाई स्रोतबाट प्राप्त विवरण अनुसार उनले दिनहुँ बसेरा बुटिक होटलबाट भोजन मगाएर खाने गरेकी छन् जसको भुक्तानी बैंकबाट गरिने भेटिएको छ।
रश्मीको अनियमितता यतिमै रोकिँदैन। स्वार्थ बाँझिने र विवादास्पद कारोबार गर्दै आएको समेत भेटिएको छ। बैंकका अधिकांश विभाग उनकै कब्जामा छ। एचआर, खरिद, र विज्ञापन जस्ता बैंकका प्रमुख निर्णयहरूमा प्रत्यक्ष हस्तक्षेप गर्दै आएकी छन्।
उनले बैंकको स्रोतलाई व्यक्तिगत फाइदाका लागि दुरुपयोग गर्दै आएकी छन्। यतिसम्म कि पन्तले बैंकको ऋणीसँग कम मूल्यमा जग्गा खरिद गरी सोही सम्पत्ति ऋण चुक्ता नहुँदै रिहा गरिएको तथ्य फेला परेको छ।
आफ्नै हात जगन्नाथ भनेझैं विदेश भ्रमणमा पन्तले वार्षिक ३/४ वटा विदेश भ्रमणहरू बैंककै खर्चमा गर्ने गरेकी छन्, जसको उदेश्य तथा औचित्य स्पष्ट पारिएको छैन। सीईओ शेरचनकै निर्देशनमा पन्तलाई छुट्टै व्यक्तिगत चालक सेवा उपलब्ध गराएको छ, जबकी अन्य वरिष्ठ कर्मचारीहरूले सामान्य सेवासुविधासमेत नपाएको बैंककै कर्मचारी बताउँछन्।
बैंक छिरेको ९ बर्षमै अकुत सम्पत्ति
पन्तले प्रभु बैंकमा जागिर सुरु गरेको ९ बर्ष मात्रै भयो। २०७२ सालमा जूनियर अफिसरबाट बैंक छिरेकी पन्त २०८१ सालमै अर्थात् ९ बर्षमै असिस्टेन्ट जनरल म्यानेजर (एजीएम)मा फड्को मारिसकेकी छन्। अर्थात बैंक प्रवेश गरेदेखिको ९ वर्षको अवधिमा १० पटक बढुवा भइसकेकी छन्।
बैंक स्रोतका अनुसार सीईओ शेरचनले उनलाई आगामी साउनमा पुनः बढुवा गर्दैछन्। जबकी उनीभन्दा सिनियर कर्मचारी वर्षौंदेखि बढुवा कुरेर बसिरहेका छन्।
पन्तले छोटो समयमै अकुत सम्पत्ति आर्जन गरेको बैंक उच्च स्रोतले बताएको छ। हाल उनीसँग व्यक्तिगत सम्पत्ति मात्रै करिब ५० करोड रुपैयाँ रहेको अनुमान गरिएको छ, जुन उनको तलब स्केलसँग मेल खाँदैन।
पन्तलाई केन्द्रीय कार्यालयबाट बाहिर पठाउँदैनन् सीईओ शेरचन
बैंकमा नियुक्ति लिएदेखि उनी एकपटक पनि केन्द्रीय कार्यालयबाट बाहिर सरुवा भएकी छैनन्। सीईओसँगको निकटतम सम्बन्धकै कारण बैंकका सिनियर कर्मचारीहरूमाथि हैकम जमाएको र सीईओ शेरचनले एउटा कर्मचारीको लागि पदको दुरुपयोग गरी संस्थाको गरिमामाथि नै आच आउने काम गरेको भन्दै यसअघि सञ्चालक समितिले पन्तलाई पुतली सडक शाखामा सरुवा गरेको थियो।
तर, तर पन्तलाई पूनः आफूसँगै राख्न शेरचनले सञ्चालक समिति नै परिवर्तन गरेर पुनः केन्द्रीय कार्यालयमै फिर्ता ल्याए। त्यसपछि त पन्तको हैकम यति बढ्यो कि बैंकका डेपुटी सीईओहरूलाई नै आफैं चलाउन थालिन्। बैंक स्रोतका अनुसार डेपुटी सीईओहरू विनाविभागीय जस्तै निरिह छन्, कार्यकारी शक्ति छ त केवल रश्मी पन्तसँग।
रश्मीका कारण बैंक नै डुब्ने जोखिम!
पन्तजस्ता कर्मचारिका कारण पछिल्लो समय बैंकको वित्तीय अवस्था निकै नाजुक छ। त्यसमाथि उनलाई नै प्रमुख व्यवसाय अधिकृत (CBO) पदमा नियुक्तिपछि बैंकको क्रेडिट गुणस्तरमा भारी गिरावट आएको बैंकका माथिल्लो तहकै कर्मचारी बताउँछन्।
यतिबेला बैंकको गैर प्रदर्शनकारी सम्पत्ति (n\PA) दरमा वृद्धि भएको छ, व्यवस्थापन समितिका सदस्यहरूलाई (एमआईएस) प्रतिवेदनहरू उपलब्ध गराइएको छैन।
चालु आर्थिक वर्षको अन्त्यसम्म बैंकको अनुमानित वितरणयोग्य नाफा नकारात्मक ५ अर्ब रुपैयाँमा रहने प्रक्षेपण गरिएको छ।
बैंकका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा रश्मीका कारण बैंक डुब्नै लागिसकेको र यस्तै पारा चलिरहे बैंकको भविष्य ध्वस्त हुने चेतावनी दिए।
ती कर्मचारी भन्छन्, ‘सीईओ सापको धाकधम्की लगाएर उहाँ (रश्मी)ले बैंक आफ्नो पर्सनल कम्पनी जस्तै चलाउनु भएको छ। यस्तै चलिरहे बैंक छिट्टै डुब्नेमा शंका छैन। अब पनि सञ्चालक समितिले चुप लागेर बस्ने हो भने बैंक ध्वस्त हुनबाट कसैले जोगाउन सक्दैन।’
प्रभुको सिनियर डेपुटी सीईओ बन्न राष्ट्रबैंकसम्म लबिङ
सीईओ अशोक शेरचनसँगको निकट सम्बन्धलाई प्रयोग गर्दै प्रभु बैंकमा विजेनस प्लानिङ अफिसरबाट भित्रिएकी रश्मी ९ वर्षमा १० पटक बढुवा हुँदै एजीएमसम्म फड्को मारिसकिन्। उनको मनोकांक्षा यतिमै रोकिनेवाला छैन। हाल उनले बैंकको सिनियर डेपुटी सीईओ बन्ने कसरत थालिसकेको चर्चा छ।
जसका लागि उनले राष्ट्र बैंकसम्म लबिङ थालिसकेकी छन्। बैंक स्रोतका अनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमार्फत उनले राष्ट्रबैंकका गभर्नरसम्म सेटिङ मिलाइसकेको चर्चा छ।
बैंकको सीईओ र डेपुटी नियुक्तिमा राष्ट्रबैंकको प्रत्यक्ष संलग्नता नहुने भए पनि गभर्नरमार्फत प्रभु बैंकको सञ्चालक समितिलाई दबाब सिर्जना गराएर डेपुटी सीईओमा सिफारिस हुने दाउमा छिन् रश्मी।
यता बैंकका कर्मचारीहरू भने रश्मी डेपुटीमा सिफारिस भए विरोध गर्ने तयारीमा छन्। सीईओसँगको सम्बन्धका कारण बैंकमा रजगज बढेको र बैंकको साखसमेत गिरेको अवस्थामा उनी नै उच्च तहमा पुगे बैंक धारासायी हुने उनीहरूको निष्कर्ष छ।
एक कर्मचारी भन्छन्, ‘उहाँ (रश्मी) सीईओसँगको सम्बन्ध भँजाएर डीसीईओमा नियुक्ति खाने दाउमा हुनुहुन्छ। हामी सकेसम्म रोक्ने प्रयासमा छौं। आशा छ सञ्चालक समितिले पनि उहाँलाई सिफारिस गर्दैन होला। तर, उहाँले दबाब र प्रभावमा सिफारिस हुनुभयो भने हामीसँग विरोधमा उत्रिनुको विकल्प छैन। नत्र त बैंक सक्किहाल्यो नि!’
राष्ट्र बैंकमै पुगेको थियो रश्मी–शेरचन सम्बन्धबारे उजुरी
प्रभु बैंकका सीईओ शेरचन र रश्मी पन्तको सम्बन्धले संस्थाको गरिमामा गम्भीर आच पुगेको भन्दै बैंकका कर्मचारीहरूले ०७८ अशोज १२ मै नियामक निकाय नेपाल राष्ट्र बैंकमा बैंकमा उजुरी गरेका थिए।
यी दुईको गैरकानूनी कार्यहरूले कर्मचारीहरूलाई काम गर्नै अप्ठेरो परिसकेकोले अबिलम्व छानबिन गरी कारबाही गरिपाउँ भनी परेको उजुरी त्यत्तिकै सामसुम पारियो। त्यसयता शेरचनलाई प्रयोग गरेर रश्मी झन् ‘पावरफूल’ बनिसकेकी छन्। यतिबेला उनलाई ‘लेडी बोस्’ भन्दै बैंकका कर्मचारी कानेखुसी गर्छन्।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया