बिएल संवाददाता
आज नेपालसहित विश्वभर एड्स दिवस मनाइँदै छ। प्रत्येक वर्ष डिसेम्बर १ मा यो दिवस मनाइन्छ।
यस वर्ष मनाइँने ३८औँ विश्व एड्स दिवस ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्न नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।
सन् १९८८ देखि प्रत्येक वर्ष आजको दिन मनाइने यस दिवसले एचआईभी-एड्स विरुद्धको प्रयासलाई अझ सुदृढ, समावेशी र समुदाय–केन्द्रित बनाउनुपर्ने सन्देश दिएको छ।
यो दिवसले चुनौतीबीच पनि संक्रमण रोकथाम, उपचार पहुँच र अधिकारका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्छ।
यस वर्षको नाराले एचआईभी नियन्त्रणका क्रममा देखिएका अवरोधलाई अवसरमा बदल्दै नयाँ समाधान, समान सेवा पहुँच र मानवअधिकारमैत्री स्वास्थ्य प्रणालीमार्फत एड्स अन्त्य गर्ने दिशामा अघि बढ्न आह्वान गरेको छ।
देशमा अहिले पनि दैनिक औसत दुई जना नयाँ संक्रमित थपिने र एक जनाको एचआईभीका कारण ज्यान जाने अवस्था कायम छ।
नेपाल सरकारले सन् २०३० भित्र एड्सको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ। सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशतको भाइरललोड कम गराउने सरकारी लक्ष्य रहेको छ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार काठमाडौं उपत्यकामा एड्स तथा यौन रोगसम्बन्धी औषधि सेवन गर्नेको संख्या सबैभन्दा धेरै छ।
केन्द्रका निर्देशक डा. सर्वेश शर्माले देशभरको एचआईभी-एड्सको अवस्थाबारे जानकारी दिँदै मधेस प्रदेशमा भने एचआईभी संक्रमणको अवस्था निरन्तर वृद्धि भइरहेको उल्लेख गरे। उनका अनुसार प्रदेशको समग्र स्वास्थ्य अवस्था नै कमजोर छ। उनले यस वर्ष केन्द्रले मधेस प्रदेशलाई मुख्य केन्द्रमा राखेर स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताए।
एचआईभी अवस्थाका आधारमा तेस्रो स्थानमा लुम्बिनी प्रदेश रहेको र सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएको उनले जानकारी दिए। कर्णाली र सुदूरपश्चिममा उपचारका लागि आवश्यक औषधि सेवन गर्ने संख्या पनि तुलनात्मक रूपमा कम रहेको उनले बताए।
‘काठमाडौं उपत्यकामा एड्स तथा यौन रोगको औषधि सेवन गर्ने बढी छन् भने दोस्रोमा मधेसमा एचआइभीको अवस्था बढ्दो अवस्थामा छ। एचआइभीको अवस्था मात्रै नभैइ मधेसमा स्वास्थ्य अवस्था नै कमजोर छ। हामी यो वर्ष मधेसलाई नै मुख्य केन्द्रमा राखेर स्वास्थ्यको कार्यक्रमहरु गर्ने प्रयत्नमा छौं। तेस्रोमा लुम्बिनी प्रदेश छ। सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएको छ। एचआइभीको औषधि खाने कर्णाली र सुदूरपश्चिममा कम छन्’ उनले भने।
उनले राष्ट्रव्यापी रुपमा एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले वर्षभर सञ्चालन गरेका गतिविधि, उपलब्धि तथा आगामी दिनमा सेवाहरूलाई अझै प्रभावकारी ढङ्गले गाउँ–बस्तीसम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताए।
‘यो वर्षको नारा अवरोधहरु पार गरौं, एडस् प्रतिकार्य रुपान्तरण गरौं। यो नाराले आफैं पनि बोलिरहेको छ। कति कुरामा हामीहरुलाई चुनौतिहरु छन् तर ती चुनौतिहरुलाई प्रतिकार्य गर्दै एड्सविरुद्धको अभियानमा लाग्नुपर्नेछ’ उनले भने ‘हामी डिसेम्बर १ मा एड्स दिवस मनाउँदै आएका छौं। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रणले वर्षभरी गरेका आफ्ना कार्यहरु र आगामी दिनमा एड्स नियन्त्रणमा सकारात्मक तरिकाले सेवाहरु भुईँ मान्छेसम्म पुर्याउनुपर्नेछ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया