बुधबार, १० डिसेम्बर २०२५

काँग्रेसका क्रियाशील सदस्यता समितिको बैठक बस्दै, आजैदेखि वितरण र नविकरण पुन: सुरु हुने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

लामो समयपछि नेपाली काँग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बस्दैछ। पार्टी कार्यालय सानेपा बोलाइएको यो बैठकले क्रियाशील सदस्यता नविकरण र वितरणको काम आजैदेखि सुरु गर्नेबारे छलफल पनि गर्नेछ।

यो समितिका संयोजक महामन्त्री गगन थापा हुन्। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले १५ औं महाधिवेशन आगामी पुस २६ गतेदेखि गर्ने निर्णय गरेको छ।

त्यसकै प्रक्रियाका लागि क्रियाशील सदस्यताको सबै कामहरू पुस १४ गतेभित्र सकिसक्नुपर्नेछ। वितरणको प्रक्रिया भने मंसिर २४ गतेभित्र भइसक्नुपर्नेछ। त्यसअघि केन्द्रीय कार्यालयले पनि २० गतेसम्म क्रियाशील सदस्या दिनेछ। २४ गतेसम्म भरिएका फारम र नविकरणहरूलाई समितिले पुस १४ भित्र अन्तिम रुप दिएर पार्टी सभापतिलाई बुझाउने कार्यतालिका छ।

संयोजक थापाका अनुसार नेपाली काँग्रेसका लगभग नौ लाख क्रियाशील सदस्यमध्ये ३ लाखजतिले मात्रै सदस्यता नविकरण गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!