बिएल संवाददाता
केशरमहलमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ। ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई समेत ठक्कर दिँदा दुई जना घाइते समेत भएका छन्।
केशरमहल चोकमा दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१–०३० च २३४८ नम्बरको नेटा ईभी कार अनियन्त्रित भएर दुर्घटना भएको हो।
ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिएको कार ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ। उनको पहिचान खुलेको छैन। उनलाई अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो।
घाइते हुनेमा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक काठमाडौं महानगरपालिका–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका छन्।
ठाकुरको दुवै खुट्टा र छातीमा चोट लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनायो। घाइतेहरूलाई ट्रमा सेन्टरबाट प्रहरी अस्पताल महाराजगञ्ज रिफर गरिएको छ।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया