बिएल संवाददाता
रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
दुर्गाभगवती गाउँपालिका-५ बरहर्वास्थित हुलाकी सडक हुँदै बम नहरतर्फ जाँदै गरेको एचआर २८ डी ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको बीआर ०७ पीए ७५८४ नम्बरको अर्को भारतीय स्कार्पियोलाई ठक्कर दिएको थियो।
स्कार्पियोमा ठक्कर दिएपछि सोही स्थानमा रोकिएको ना२ह ६५२५ नम्बरको अटोमा समेत ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालका अनुसार सवारी दुर्घटनाका कारण सडकछेउमा रहेको विजय साहको होटलमा समेत क्षति पुगेको छ।
दुर्घटनामा बारा आदर्श कोतवाल गाउँपालिका वडा ७ का ३० वर्षीय पवन यादव, सर्लाही बरहथवा नगरपालिका वडा नं. १४ का ११ वर्षीय अंकित महतो, गौर नगरपालिका वडा नं. २ का २४ वर्षीय सुरेन्द्र कुमार साह, राजदेवी नगरपालिका वडा नं. ८ का ५० वर्षीय शिवजी साह, ५२ वर्षीय रामदयाल साह, अटो चालक यमुनामाई गाउँपालिका वडा नं. ५ का ३९ वर्षीय मंगल पटेल र अटोमा सवार राजपुर नगरपालिका वडा नं. ३ का १० वर्षीय तारिक वस्ता घाइते भएको डिएसपी बस्यालले बताए।
घाइतेहरूको प्रादेशिक अस्पताल गौरमा उपचार पश्चात् डिस्चार्ज गरिएको र दुर्घटनामा संलग्न तीनै सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया