बुधबार, १७ डिसेम्बर २०२५

इजरायली प्रधानमन्त्रीले गरे ‘माफी’का लागि राष्ट्रपतिसँग अपिल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफूमाथि चलिरहेका मुद्दाहरूमा माफी दिन राष्ट्रपति आइज्याक हरजोगसँग अपिल गरेका छन्। औपचारिकरुपमा माफी माग्दै उनले राष्ट्रपतिलाई निवेदन दिएका हुन्।

राष्ट्रपति कार्यालयले यो असाधारण ‘माफी’का लागि राष्ट्रपति हरजोगले आवश्यक कानुनी तथा न्यायअधिकारीहरूसँग छलफल अघि बढाएका छन्।

पछिल्ला पाँच वर्षमा नेतन्याहूमाथि तीन ठूला मुद्दाहरू छन्। जसमा भ्रष्टाचार-घुसखोरी, धोकाधडी र विश्वासघातजस्ता मुद्दाहरू लगाइएका छन्। यद्यपि उनले यी आरोपहरू अस्वीकार गरिसकेका छन्।

नेतन्याहूले एक भिडिओ सन्देश जारी गर्दै कानुनी प्रक्रियाहरू आफ्नो निश्कर्षमा पुग्नुपर्ने तर त्यसको परिणाम राष्ट्रहितका लागि राम्रो नहुने बताएका थिए।

विपक्षीहरूले भने माफीभन्दा अघि नेतन्याहूले आफूमाथिका आरोपहरू स्वीकार गर्नुपर्ने बताएका छन्।

यसअघि अघिल्लो महिना नेतन्याहूलाई भेटेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सार्वजनिकरुपमा उनलाई माफी दिन इजरायली राष्ट्रपतिलाई आग्रह गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!