शुक्रबार, ०७ नोभेम्बर २०२५

तीन वटा अन्तर्राष्ट्रिय उड़ान ‘डाइभर्ट’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा अन्तर्राष्ट्रिय उडानका विमानहरू ‘डाइभर्ट’ भएका छन्। विभिन्न मुलुकबाट आएका फरक वायुसेवा कम्पनीका जहाज अवतरण गर्न नसकेपछि अन्यत्र डाइभर्ट गरिएको हो। विमानस्थल स्रोतका अनुसार दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको उडान नम्बर क्यूटिआर-५५२ को विमान कलकत्ता पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

होटलमा युवती मृत फेला, सँगै गएका युवक फरार

काभ्रेको बनेपास्थित एउटा होटलमा एक महिला मृत भेटिएकी छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका निमित्त सूचना अधिकारी दिनेशबहादुर कुँवरका अनुसार मृत भेटिएकी महिला बनेपा नगरपालिका–(६ बुडोलकी २३ वर्षीय शर्मिला श्रेष्ठ रहेको खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालकी पहिलो महिला न्यायाधीशको निधन

नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ।  शुक्रबार बिहान उनकाे उपचारका क्रममा मृत्यु भएकाे हाे। महराजगन्जस्थित प्रहरी अस्पतालमा ८४ वर्षकी श्रेष्ठकाे निधन भएकाे सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘नयाँ भूकम्प होइन, पराकम्प हो’

उनले भने, ‘भूकम्पको क्षति सामान्य नै छ। अहिलेको प्राप्त विवरण अनुसार त्यस्तो ठूलो भौतिक र मानविय क्षति केही भएको छैन्। दुगुनागडीमा चाँही सामान्य पहिरो गएको छ। प्रहरी चौकीको भवन पनि सामान्य चर्केको छ र कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको कारण उपचार भइरहेको छ त्यही नै हो। त्यस्तो अरु केही छैन् विवरण।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्लभ खनिज अमेरिकालाई दिने सम्झौतामा हस्ताक्षर गर्दै युक्रेन

विश्वकै दुर्लभ मानिने ‘रेयर अर्थ मिनिरल्स’का लागि यसअघि ट्रम्पले पटक पटक युक्रेनलाई प्रस्ताव गरेका थिए। ती खनिज भएका धेरैजसो भूगोल अहिले रुसको कब्जामा छन्। रुसले पनि ती खनिज उत्खनन् गर्न अमेरिकालाई सहमति दिएपछि युक्रेन पनि सम्झौता गर्न बाध्य भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्याल्पो ल्होसार: वसन्त पर्व र शेर्पा समुदायको नयाँ साल

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो।  नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनएको अधिवेशन कसैले रोक्न सक्दैन: शेष घले

‘अब (एकता महाधिवेशनका लागि) झन्डै २ महिना बाँकी छ। रात दिन काम गरौँ। हामीले कति दुख गर्‍यौं आफ्नै भवन बनाउन, तर अहिले उक्त भवन अहिले भाडामा लगाएको छ। त्यो लिजमा दिने, मुनाफा गर्ने ठाउँ होइन। हामीलाई आफ्नै भवनमा बैठक गर्न नदिए पछि हामीले क्याफेमा,  होटेलमा गएर पनि बैठक गर्‍यौं। अब पछाडी सर्दैनौं, अब कसैले पनि हामीलाई रोक्न सक्दैन,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केही स्थानमा भइरहेछ वर्षा, अरु ठाउँको मौसम कस्तो?

कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूकम्पपछि सिन्धुपाल्चोक: सुख्खा पहिरो खस्यो, एकजना कैदी घाइते

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भूकम्पले बेस्सरी हल्लाउन थालेपछि जिल्ला कारागारका एकजना कैदी घाइते भएका छन्। अत्तालिएर भाग्न खोज्दा उनी घाइते भएका हुन्। उनको हाल उपचार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिड समितिले दिएको निष्कर्ष र सुझावहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री सुडी

सरकारको तर्फबाट मन्त्री सुडी, नागरिक समाज सञ्जालको तर्फबाट एफडब्लूएलडीले छायाँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगले संयुक्त रुपमा प्रतिवेदन प्रस्तुत गरेका थिए। मन्त्री सुडीले भने, ‘नेपाल सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यान्वयनका लागि सधै तत्पर छ र जवाफदेही छ। महिला समानता र विकाससम्बन्धी सबै पक्षहरू समेटी संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको महिला महासन्धि, महिलाको मानव अधिकारलाई वैधानिक मान्यता दिएको एक महत्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेज हो। सिड महासन्धिको पुर्ण कार्यान्वयनको लागि मन्त्रालय सधै क्रियाशील छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेशी महिलाकाे मलद्वारमा भेटियाे झण्डै चार केजी सुन!

नेपाल प्रहरीले मलद्वारमा सुन लुकाएर ल्याएका तीन महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे छ।  बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिक ३ किलो ७४५ ग्राम सुनसहित पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राराको डाँफे होटेलमा आगो

आगलागीबाट होटेलका सबै भवन सहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन्। मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।थप क्षतिको बिवरण आउन बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य सचिवमा रस्साकस्सी: ‘पहिलो नम्बर’मा संगीता

नेपालको प्रशासनिक इतिहासमा कामु मुख्यमन्त्री लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाएर समावेशीकण बलियो उदाहरण बनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य सचिवमा पनि मधेशी मुलकी महिलालाई नियुक्त गर्न दबाब परेको छ। मन्त्रिपरिषदमा रहेका बहुसंख्यक मन्त्रीहरुले पहिलो नम्बरमा रहेकी डा. मिश्रालाई सचिवमा नियुक्त गर्दा संवैधानिक र राजनीतिक रुपमा पनि जस पाइने भएकाले विवेक पुर्‍याउन ओलीलाई सुझाव दिइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

उनलाई  पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए।  मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेनाको २६२ औं वार्षिकोत्सवको अवसरमा टुँडिखेलमा सैन्य कला प्रदर्शनी

समारोहमा सेनाले विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभुषा झल्कने विविध कला, नृत्य  र सङगीतको धुन प्रदर्शन  गरेको थियो। साथै नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएको विभिन्न सवारी साधन, उपकरण  र हतियार प्रदर्शन गरेको  थियोे। सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरूलाई पुरस्कार प्रदान गरेका थिए। साथै उनले मित्रराष्ट्र भारत, बेलायत  र अमेरिकाका  ब्याण्ड टिम प्रमुखलाई उपहार प्रदान गरे। कार्यक्रममा  भारत, बेलायत र अमेरिकी सैनिक व्याण्डबाट समेत ब्याण्ड प्रदर्शनी गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वडाध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता

तर, अमानत मियाँ भने आफूलाई कुनै पैसा नदिएको बताउँछन्। उनी भन्छन, ‘मेरो छोराको नागरिकता बनाउनको लागि सिफारिस लिन गएको बेला सचिवले यसमा पनि सही गरिदेउ भनेकाले सही गरिदिएको थिएँ उनले मेरै छोरा बनाएको भन्ने मैले पछि मात्र थाहा पाएँ। मलाई सचिवले अलमल्याएर सहि गर्न लगाएका हुन्। मोस्ताक मेरो छोरो होइन।’ एक स्थानीयले भने पैसाको प्रलोभन उनीहरू बुवा आमा बनेको र सबै तारतम्य मिलाउने वडाध्यक्ष आफैं रहेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

पशुपतिनाथमा शिवरात्रिकाे राैनक (तस्बिरहरू)

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।  महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो।  ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पशुपति क्षेत्रमा यस्तो छ ट्राफिक, कुन-कुन सडक बन्द छन्?

कार्यालयका अनुसार प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा कमाण्ड सेन्टर राखी ८ सय ९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ। ट्राफिक कार्यालयहरू यो क्षेत्रमा पार्किङ गर्न मिल्ने र बन्द गरिएका सडकहरूका बारेमा पनि जानकारी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धादिङमा ट्याङ्कर खस्यो, दुईजनाको मृत्यु

प्रहरीका अनुसार दुर्घटनामा गजुरीका १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं