एक महिनामा बारा प्रहरीमा १४० उजुरी, ८६ फर्छ्यौट
विवरण अनुसार जिल्ला प्रहरी कार्यालयले एक महिनाको अवधिमा ५२ जना फरार प्रतिवादी पक्राउ गरेको छ। फरार प्रतिवादीबाट १३ लाख ८६ हजार ८ सय रुपैयाँ जरिवानासमेत असुल भएको छ। त्यस्तै एक महिनाको अवधिमा ३ करोड ५८ लाख ४० हजार रुपैयाँ भन्सार/राजश्व संकलन गरेको छ। लागु औषध मुद्धामा २ महिलासहित २४ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूबाट ३ सय २० किलो ३०९ ग्राम गाँजा, २९ किलो ४५१ ग्राम अफिम र १७०.४ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। सोही अवधिमा स्रोत नखुलेको हुण्डी रकम तीन लाख २ हजार ५६५ रुपैयाँसहित एक भारतीय पक्राउ परेका छन्।
बिएल संवाददाता - बारा