बिएल संवाददाता
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार यो बर्षदेखि प्रत्येक फेब्रुअरी १३ अर्थात् दिवङ्गत वरिष्ठ पत्रकार देवेन्द्र गौतमको जन्मजयन्तीका अवसरमा प्रदान गरिने भएको छ।
करेण्ट मिडिया एण्ड रिसर्च सेन्टर अध्यक्ष तथा स्व. देवेन्द्र गौतमकी धर्मपत्नी प्रदिपा गौतमको पहलमा स्मृति दिवसका दिन पुरस्कार दिइने परम्परालाई जन्मदिवसमा परिवर्तन गरिएको हो।
यसपटक जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई नेपाली पत्रकारितामा पुर्याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिन लागेको गौतमका एक मात्र छोरा किरणले बताए।
निडरता र खोज पत्रकारिताका लागि चिनिने तथा सम्पादकीय स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षमा श्रेष्ठको निरन्तर योगदानले नेपाली पत्रकारितालाई मजबुत बनाएको गौतम परिवारको ठहर छ।
सम्मानपत्रसहित यो पुरस्कारको राशिः रु एक लाख रहेको छ ।
यसैगरी,करेन्ट पब्लिकेशनमा ३५ वर्षभन्दा बढी समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका प्राविधिक हरिबहादुर थापा मगरलाई पनि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गर्न लागिएको बुझिएको छ।
संस्थागत स्थायित्व,निष्ठा र दीर्घ सेवाको योगदानबापत दिइने यो पुरस्कारको राशि रु.पचास हजार रहेको छ।
यस्तै,चाइना न्युज सर्भिसका वरिष्ठ पत्रकार झाङ छनयी (चीन) लाई नेपाल–चीन सञ्चार र अन्तर्राष्ट्रिय पत्रकारितामा पुर्याएको योगदानवापत कदर गर्न लागिएको छ।
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार नेपाली पत्रकारिताका अग्रणी व्यक्तित्व,सम्पादक/प्रकाशक समाज तथा नेपाल पोस्टका संस्थापक स्व. देवेन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको हो।
गौतम पन्चायत,बहुदलीय ब्यवस्था,गणतन्त्र जुनसुकै कालखण्डमा देखेको कुरा खरोसङ्ग लेख्ने जुझारु पत्रकारका रुपमा चर्चित छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया