स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तप्रति सांसद कार्कीको आपत्ति
उनले भनिन्, ‘संविधानमा लैङ्गिक समानताको धारा त राख्यौँ तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन। स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिवको नियुक्ति भएको छ। सिफारिसको आधारमा र वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा.संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो। क्याबिनेटले यस्तो निण्र्नय किन गर्यो, पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो, कि महिला नेतृत्व स्वीकार नगरिएको हो ? प्रधानमन्त्रीज्यू, स्वास्थ्य मन्त्रीज्यू र सामान्य प्रशासन मन्त्रीज्यूसँग यो संसदले जवाफ माग्नुपर्छ।’
बिएल संवाददाता - काठमाडाैं