गाउँमा खानेपानीको अभाव भएपछि स्थानीय सरकारलाई महिलाहरूले बुझाए ज्ञापनपत्र
रोल्पाको गंगादेव गाउँपालिका-२ घोडानेटाका महिलाहरू गाउँमा खानेपानी अभाव भएपछि ज्ञापनपत्र लिएर स्थानीय सरकारलाई भेट्न पुगेका छन्। महिलाहरू खानेपानी मर्मत गरिदिन आग्रह गर्दै स्थानीय सरकार प्रमुख हरिबहादुर पुनलाई भेट्न उनको कार्यकक्षमै पुगेका हुन्। २०५६ सालदेखि उपभोग गर्दै आएको पुरानो एडीबीद्वारा निर्माण खानेपानी मर्मतको नाममा ध्वस्त पारिएको र उक्त खानेपानीको मुहानको पानी केही व्यक्तिहरूले अनाधिकृत रुपमा पाईपलाइन राखेर अस्तव्यस्त बनाएको पत्रमा उल्लेख गरिएको छ।
बिएल संवाददाता - रोल्पा