सविन महर्जनको पोष्टमार्टमः दायाँ हातको साइडमा एक गोली लागेको पुष्टि
राजावादी प्रदर्शनको क्रममा तीनकुनेमा प्रहरीको गोली लागेर मृत्यु भएका कीर्तिपुरका युवा सविन महर्जनको शव पोर्टमार्टम गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा महर्जनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनायो। पोष्टमार्टम रिपोर्ट अनुसार महर्जनलाई एक गोली लागेको पुष्टि भएको छ। अस्पताल स्रोतका अनुसार उनको दायाँ हातको साइडमा गोली लागेको पछाडिबाट निस्केको पाइएको छ।
बिएल संवाददाता - काठमाडौं