महेश चौलागाईं
जुम्लाको विकट भूगोलमा अवस्थित पातारासी गाउँपालिकाले यसपटक प्रशासनिक नेतृत्वका लागि नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिएको छ।
जेन–जी पुस्ताका प्रतिनिधि मानिने २६ वर्षीय इन्जिनियर निश्चल न्यौपानेले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिका सम्हाल्ने भएका छन्।
सातौं तहका अधिकृत न्यौपाने हाल पातारासी गाउँपालिकामै कार्यरत वरिष्ठतम कर्मचारी हुन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको मागका आधारमा उनलाई आर्थिक तथा प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी दिएको हो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृतको स्थायी पदपूर्ति नभएसम्म अस्थायी रूपमा जिम्मेवारी तोक्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार न्यौपानेलाई उक्त जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले ०८२ पुस २३ गते निर्णय गर्दै पातारासी गाउँपालिकालाई आवश्यक कार्य सम्पादन अघि बढाउन औपचारिक अनुरोधसमेत गरेको छ।
युवा पुस्तालाई प्रशासनिक नेतृत्वमा अघि सारिएको यस निर्णयलाई स्थानीय तहमा नयाँ ऊर्जा र दृष्टिकोण ल्याउने अपेक्षासँग हेरिएको छ।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया