शुक्रबार, ०७ नोभेम्बर २०२५

पाँच बर्षका उपलब्धीहरू सुनाएर विदा भए गभर्नर

पाँच बर्षे कार्यकाल पूरा गरेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी विदा भएका छन्। अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका उपलब्धि र सामना गरेका चुनौतिहरु सुनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बक्यौता असुली गर्ने प्रयास नै ‘बर्खास्ती’को मुख्य कारण बन्यो: कुलमान

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता असुली गर्ने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिम्स्टेक शिखर सम्मेलन सुरु

सम्मेलन सुरु हुनुभन्दा २ दिन अघि नै थाइल्याण्ड गएका ओलीले त्यहाँ कैयौ द्वीपक्षीय भेटवार्ता पनि गरिरहेका छन्। औपचारिक कुटनीतिक सम्बन्ध कायम भएपछि नेपालका प्रधानमन्त्रीको यो पहिलो भ्रमणका क्रममा थाइल्याण्डसँग कैयौ सम्झौताहरू भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महिलाको शव जमिनमा गाडिएको अवस्थामा फेला

रौतहटको बलेरी जंगलमा एक महिलाको शव जमिनमा  गाडिएको अवस्थामा फेला परेको छ। वृन्दावन नगरपालिका–१ निवासी फूलमतिया देवीको शव प्रहरीले बलेरी जंगलमा गाडिएको अवस्थामा फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

डढेलो लाग्न र फैलिन नदिन उच्च सतर्कता

वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ। कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ। वन क्षेत्रमा डढेलो लागेको जानकारी पाउनासाथ कर्मचारीलाई आवश्यक सामग्रीसहित नियन्त्रणका लागि पठाउने व्यवस्था मिलाइएको डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

बालेनले दिए शिक्षकहरूलाई फोहोर नगरेको भन्दै धन्यवाद

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आन्दोलनरत शिक्षकहरूलाई धन्यवाद दिएका छन्। आजदेखि शिक्षकहरूले थालेको काठमाडौं केन्द्रीत आन्दोलनका क्रममा फोहोर नगरी, केही नभत्काएको भन्दै बालेनले धन्यवाद दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भन्सार छलीको सामान र पिकअप गाडीसहित एकजना पक्राउ

रौतहटको गौरबाट प्रहरीले भन्सार छली गरेर ल्याएको सामान र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। गौर नगरपालिका-४ बसपार्कबाट चेकजाँचका क्रममा उक्त सामान बरामद भएको हो।  जिल्ला प्रहरी कार्यलय रौतहटले बुधबार  एक प्रेस नोट जारी गरि प्र-२-०३-००१ज १३१ नम्बरको  पिकअप गाडीबाट किरानाको सामान बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायका अनुसार कटहरीया बस्ने बर्ष २२ को निरजकुमार साहलाई पक्राउ गरिएको छ। बरामद सामान र पिकअप गाडीको ७ लाख ९९ हजार ९६० मुल्यांकन गरिएको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

ट्रकमा भेटिएको २५ करोडका मालिक पत्ता लागे, ड्राइभर र मालिक एउटै गाउँपालिकाका

काठमाडौंको टोखास्थित झोरमा चीन जाँदै गरेको ट्रककमा भेटिएको २५ करोडको मालिक पत्ता लागेका छन्। राजश्व अनुसन्धान विभागको दुई साता लामो अनुसन्धानबाट २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँ बराबरको डलर र युरोको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ घर भएका नारायण पौडेल रहेको खुलेको छ। यसअघि पैसा लुकाएर जाँदै गरेको ना७ख १६५२ नम्बरको ट्रक ट्रकसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने सरकारकाे निर्णय

सरकारले काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको छ। गृहमन्त्रीस्तरीय बैठकले मृतक पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

नेपाल शिक्षक महासंघको पुनः आन्दोलन सुरू

गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले आवधिक बढुवा हुनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, निजामतीसरहको सेवा सुविधा दिइनुपर्ने, संवैधानिक शिक्षा आयोग व्यवस्था गरिनुपर्ने जस्ता माग राखेर काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरु गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देशमा खाद्य सुरक्षाको सुनिश्चितता देखिदैंन: रामकृष्ण श्रेष्ठ

कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव राम कृष्ण श्रेष्ठले भुमिसँग सम्बन्धित कुरालाई सम्बोधन नगरे देशमा खाद्य सुरक्षाको सुनिश्चितता नरहने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीनकुने घटनाबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्रीलाई बोलाइयो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैत १५ गते भएको आन्दोलनका क्रममा घटेका सबै घटनाहरूको बारेमा गृहमन्त्रीले समितिलाई जानकारी गराउनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जडीबुटी कम्पनीमा २८ करोड बढीकाे क्षति भएको प्रारम्भिक अनुमान

चैत १५ गते शुक्रबार राजावादीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा गरेको तोडफोडमा २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा नेपाली सेनाको टोली मेडिकल राहत बोकेर म्यानमार प्रस्थान गरेको छ। हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षति पश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहतसहित नेपाली सेनाको टोली बुधबार म्यानमार प्रस्थान गरेको सेनाले जनाएको छ। प्रमुख सेनानी श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित २२ सदस्यीय टोली नेपाली सेनाको सीएन-२३५ सीएएसए विमानद्वारा म्यानमारतर्फ प्रस्थान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्यान्मार

राप्रपा सांसद बोहराको शव अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिँदै, आजै दाहसंस्कार गरिने

मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरालाई अन्तिम श्रद्धाञ्जलिका लागि आज पार्टी कार्यालयमा राखिने भएको छ। बोहराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने भएको हो। श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि बोहराको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ। लामो समयदेखि आवाजको थेरापी गराउँदै आएका बोहराको मंगलबार बिहान निधन भएको हो। राप्रपाका नेता बोहराको शव मंगलबार उनको गृहजिल्ला रुपन्देशी लगिएको थियो। त्यहाँको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि काठमाडौं ल्याइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’, समकक्षीसँग भेटवार्ता

थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

झन् झन् ‘विषालु’ भइरहेछ, काठमाडौंको हावा

स्पस्ट कुरा के हो भने ठूलो पानी नपर्दासम्म वा ठूलो हुरीबतास नचलेसम्म यो काठमाडौंको आकाश यसैगरी धुम्मिरहन्छ। प्रदुषणका कणहरूले बाक्लिएको त्यो हावा बाहिर जान सक्दैन। केही दिन हामीले यस्तै बिषालु हावामा बाँच्नु नै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै

सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत  दोस्रो दिन खरना पर्व मनाइँदै छ। धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जलेश्वर