सोमबार, १९ जनवरी २०२६

क्यासिनोमा २ लाखभन्दा बढी खर्च गर्ने ग्राहकको विवरण अभिलेख राख्न अनिवार्य

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

क्यासिनोमा आएर २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवरण संकलन गरी अभिलेख राख्न क्यासिनो सञ्चालकहरूलाई अनिवार्य गरेको छ। 

क्यासिनो कारोबारलाई पारदर्शी, उत्तरदायी र कानूनसम्मत् बनाउन उक्त प्रावधान लागू गरिएको पर्यटन विभागले जनाएको छ।

विभागले क्यासिनो व्यवसायीहरूलाई जारी गरेको ‘निर्देशन, २०८२’ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो। 

संशोधित निर्देशनअनुसार तोकिएको सीमा भन्दा बढी खर्च गर्ने ग्राहकको पहिचान, खर्च विवरण तथा आवश्यक अभिलेख सुरक्षित राख्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ।

विभागले यो व्यवस्था सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी जोखिम न्यूनीकरणका लागि लागू गरिएको स्पष्ट पारेको छ। 

सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ तथा पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी निर्देशन तुरुन्तै लागू गरिएको विभागको भनाइ छ।

यससँगै विभागले क्यासिनो व्यवसायीलाई कानूनी दायित्वप्रति सचेत रहँदै तोकिएको मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!