दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो
प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याएको छ। बुद्ध एयरको जहाजबाट उनीसहित बडिगार्ड दीपक खड्कालाई पक्राउ गरेर भद्रपुरबाट काठमाडौँ ल्याएको हाे। गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको हिंसाका उनी मुख्य दोषी हुन्। भीडलाई उत्तेजित बनाएर उनी प्रहरीकै घेराबाट भागेका थिए।
बिएल संवाददाता - काठमाडाैं