कस्ताे छ आजको मौसम?
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।
बिएल संवाददाता - काठमाडौँ
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।
बिएल संवाददाता - काठमाडौँ
पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९ः०० बजेदेखि सञ्चालनमा आएको हो।
बिएल संवाददाता - नवलपरासी
मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनेभएका छन्। नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थियो। कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थियो।
बिएल संवाददाता - भक्तपुर
समाज, परिवर्तन, स्वतन्त्रता, राष्ट्रियता, प्रेमका बिषयहरुमाथि कोरिएका भावात्मक ३० वटा कविताहरू ‘बाको अनुहार’मा समाविष्ट छन्।
बिएल संवाददाता - काठमाडाैं
देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। वाग्मती प्रदेशमा पनि बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भएकाे हाे।
बिएल संवाददाता - काठमाडौँ
काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ। महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झासहितको बैठकमा परीक्षा समितिले नतिजाको विश्लेषण गर्दै नतिजा प्रकाशन गरेको हो। त्यस अवसरमा परीक्षा समितिका संयोजक केशव ज्ञवालीले नतिजा सम्बन्धी प्रस्तुतिकरण गरेका थिए।
बिएल संवाददाता - काठमाडौँ
होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ। महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ। पोखरामा आयोजना गर्न लागेको २०औं फेवा नव वर्ष महोत्सव–२०८२ मा यहाँ आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएका छन्।
बिएल संवाददाता - पाेखरा
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व चयनका भएको छ। गएराति सम्पन्न मतगणनाअनुसार अध्यक्षमा भुवन सिंह गुरुङ निर्वाचित भएका छन्।
बिएल संवाददाता - काठमाडौँ
चितवनमा गोली लागेर शुक्रबार सैनिक जवानको मृत्यु भएको छ। हतियार सफा गर्ने क्रममा फायर भएर घाइते भएका सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दासको उपचारको क्रममा मृत्यु भएको चितवनका एसपी राजन लिम्बुले बताए।
बिएल संवाददाता - काठमाडौँ
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
एक त्यस्ती छोरीको कथा हो जसलाई आफ्नै बुवाले घरमै बलात्कार गरिरहे। एकपटक होइन, पटक पटक। धेरै पटक। बलात्कारमात्रै गरेनन्, भिडिओ बनाए। नीलो सिनेमाको स्टाइलमा उनले पोजिशन-पोजिशनमा जबर्जस्ती गरेका भिडिओहरू खिचेर उनले आफ्नै मोबाइलमार्फत गुगल ड्राइभमा सेभ गरे।
बिएल संवाददाता - काठमाडाैँ
जडीबुटी प्रशोधन केन्द्रमा तोडफोडसँगै आगजनी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
यो अभियानको सुरुवातमा सानो पाइलाले विभिन्न क्षेत्रमा लगाइएका १७ जना बाल श्रमिकहरूको उद्धार गरिएको छ। तीमध्ये १२ जनालाई संस्थाले परिवारको जिम्मा लगाएको छ। परिवारले आगामी दिनमा आफ्ना बालबालिकाहरूलाई श्रममा नलगाउने प्रतिवद्धता जनाएका छन्। परिवारको पत्ता नलागेका बाँकी ५ जनालाई संस्थाले सञ्चालन गरेको ‘सानो घर’ बालगृहमा राखिएको छ।
बिएल संवाददाता - काठमाडाैं
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र बडिगार्ड दिपक खड्कालाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
बिएल संवाददाता - काठमाडाैं
रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। शुक्रबार रवि पत्नी निकिता पौडेल आफैं पुगेर रिट दर्ता गरेकी हुन्। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।
बिएल संवाददाता - काठमाडाैं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगिएको छ। सरकारी वकिलको कार्यालयमा बयान लिएपछि प्रसाईंलाई अदालत लगिएको हो। चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ प्रसाईंलाई झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको थियो।
बिएल संवाददाता - काठमाडाैं
सुशासन र सेवा प्रवाहका कुराहरूमा काम गर्दै जाँदा कमीकमजोरी हुन सक्ने भन्दै उनले भने, ‘केही कमीकमजोरी भए भनेर लोकतान्त्रिक व्यवस्थाको विकल्प खोज्नु भनेको घरमा आगो लगाएर त्यही खरानीबाट अर्को घर बनाउनु भन्नुजस्तै हाे।'
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे छानबिन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समिति बैठकमा बोलाउनुपर्ने बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै उनले पूर्वराजासँग साेधपुछ गर्नुपर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याएको छ। बुद्ध एयरको जहाजबाट उनीसहित बडिगार्ड दीपक खड्कालाई पक्राउ गरेर भद्रपुरबाट काठमाडौँ ल्याएको हाे। गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको हिंसाका उनी मुख्य दोषी हुन्। भीडलाई उत्तेजित बनाएर उनी प्रहरीकै घेराबाट भागेका थिए।
बिएल संवाददाता - काठमाडाैं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आजै म्याद थप गर्ने तयारी गरिएको छ। प्रहरीले झापाबाट काठमाडौं ल्याउँदै गरेका प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको हो। चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर उनी भारतबाट पक्राउ परेका थिए।
बिएल संवाददाता - काठमाडाैं