आइतबार, ०१ फेब्रुअरी २०२६

चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

News Image
• • •

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक छन्।

शनिबार दिउँसो घर नजिक बाटोमा गैंडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए।

पाठकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!