‘पार्टीको मान्छे हुँ’ भन्दै नेपाल-भारतका व्यापारीबाट करोडौं ठगी गर्ने ‘नामुद ठग’ च्याप्पै
आफूलाई पार्टीको मान्छे बताउँदै भारत र नेपालका व्यापारीहरूलाई धम्क्याउँदै करोडौं रकम उठाएर फरार एकव्यक्ति पक्राउ परेका छन्। व्यापारीहरूबाट उठाएको रकम नतिरी फरार भएका ‘नामुद ठग’ बलराम ढकाललाई नेपाल प्रहरीको विशेष टोलीले वैशाख ८ गते सोमबार ठगीसम्बन्धी कसुरमा पक्राउ गरेको हो। ढकाल दुई वर्षदेखि फरार थिए। प्रहरीका अनुसार ढकालले व्यापारीहरूसँग बिना भुक्तानी भारतबाट सामान मगाउने गरेका थिए। कारोबार करौडौंको भएपछि उनी फरार भएका थिए। नेपाल तथा भारतका व्यापारीहरूबाट उनले झण्डै ५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ।
बिएल संवाददाता - नवलपरासी