महेश चौलागाईं
‘युवाको जोश, समृद्ध कर्णाली’ भन्ने नारासहित आयोजना हुन लागेको कर्णाली जेन–जी समूह जुम्ला समृद्ध अन्तर संवाद कार्यक्रमप्रति जुम्लाका जेन–जी युवाहरूले असन्तुष्टि जनाएका छन्।
स्थानीय जेन–जी समूहसँग कुनै पनि जानकारी, छलफल वा सहकार्य नगरी कार्यक्रम आयोजना गरिएको उनीहरूको गुनासो छ।
स्थानीय युवाका अनुसार यो कार्यक्रम सामूहिक भन्दा पनि कुनै व्यक्ति विशेष केन्द्रित देखिएको छ।
कार्यक्रममा जेन–जी अगुवा भनेर चिनिने राज्यलक्ष्मी शाहीले सहजीकरण गर्ने बताइए अनुसार उनी भोलि जुम्ला पुग्ने कार्यक्रम रहेको छ।
यसबारे जुम्लाका विभिन्न जेन–जी युवाहरूले आफूहरूलाई बेवास्ता गरिएको महसुस भएको प्रतिक्रिया दिएका छन्। साथै, जुम्लाका केही सञ्चारमाध्यमहरू पनि यस्ता विषयमा आफ्नो व्यावसायिक र वैधानिक सीमाबाट बाहिर गएको भन्दै आलोचना भइरहेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया