आइतबार, ०७ सेप्टेम्बर २०२५

माघ १०देखि सहिद सप्ताह मनाइने, यस्ता छन् कार्यक्रमकाे तालिका

वि.सं. १९९७ साल माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

त्रिपाठीमाथि आक्रमण गर्ने अर्का व्यक्ति पक्राउ

पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई काठमाडौंमा सुर्यदर्शन हाईट बस्ने अन्दाजी ५२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसी छन्। उनलाई माघ ५ गते शनिबार टोखा नगरपालिका-३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पाण्डेसहित पक्राउ पर्नेको संख्या दुई पुगेको छ। प्रहरीले गत माघ २ गते बुधबार त्रिपाठीमाथि आक्रमण भएकै दिन साँझ दोलखा जिल्लाको तामाकोशी गाउँपालिका-१ का ४८ वर्षीय ललीत केसीलाई पक्राउ गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा. शम्भुु आचार्य, सदस्यहरू डा. भगवान कोइराला, डा. रघुराम काफ्ले र सदस्यसचिव डा सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेका थिए। हाल यस कार्यक्रमअन्तर्गत करिब ११ अर्ब भुक्तानी गर्न बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणको विरोधमा कालो पट्टी बाँधेर वकिलहरूको प्रदर्शन

सर्वोच्च बार एशोसिएशनको नेतृत्वमा कानुन व्‍यावसायीहरूले आइतबार नेपाल बार एशोसिएसनको प्राङ्गणमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन्। उनीहरूले घटनामा संलग्नहरूलाई कडा कानुनी कारबाहीको माग गरे। अदालतमा पक्ष र विपक्षमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेकोले कानुन व्‍यवसायीहरूको  सुरक्षा ग्यारेन्टी हुनुपर्ने माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुप्रिम सहकारी ठगी प्रकरण- रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्यसमध्ये १४ करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको प्रहरी अनुसन्धानमा खुलेको छ। गत शुक्रबार प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीसहित  १४ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

डेढ वर्षमा बन्नुपर्ने सडक तीन वर्षमा पनि नबनेपछि…

जिल्ला पूर्वाधार कार्यालय रामेछापका प्रमुख बिरेन्द्रकुमार बज्राचार्यका अनुसार सो  सडकमा हालसम्म ३३ प्रतिशत काम मात्र भएको छ। डेढ वर्षमा सक्नु पर्ने काम साढे ३ वर्षसम्म जम्मा ३३ प्रतिशत मात्र प्रगति हुनुले सडक निर्माणकार्य पुरा हुन अझै कति समय लाग्ने हो निश्चित छैन। सडक निर्माणको लागि अहिलेसम्म नौ/नौ महिना गरी दुई पटक म्याद थप गरिएको छ। दोस्रो पटक थप गरिएको म्याद पनि सकिएको छ। तर काम भने अलपत्र नै छ।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

परराष्ट्रमन्त्री डा. आरजू राणा स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान

स्राेतका अनुसार अनुसार बैंकक बसाइँका क्रममा उनले राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम रहेको छ। यो भ्रमणले उनको व्यक्तिगत स्वास्थ्य उपचारसँगै दुईपक्षीय सम्बन्धलाई अझै सुदृढ बनाउने अपेक्षा गरिएको स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कति बाघ पाल्नसक्छ नेपालले?

पर्यावरणीय चक्रको एउटा महत्वपूर्ण अंश हो बाघ। यो चक्रमा मान्छेको जीवनको जत्तिको महत्व छ त्यसलाई जोगाइराख्नका लागि बाघ ‘इकोसिस्टम’को एक अंश हो। त्यसैले बाघ संसारभरि लोपोन्मुख छ। यसलाई पाल्ने कि मास्ने भन्ने अब मात्रै एउटा देशको निर्णय हुनसक्दैन। हरेक देशका एक एक बाघमाथि मात्रै त्यो देशको होइन, बरु हरेक एक एक बाघको जीवनमा सारा विश्व नै जोडिएको हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको हो- मन्त्री पाण्डे

बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने नरसिंहधामको संरक्षणको बारे आयोजित कार्यक्रम बोल्दै उनले बुढीगण्डकी सरकारले उच्च महत्व दिएका जलविद्युत आयोजना मध्ये एक भएकाले आयोजना सफल हुने दाबी गरे। नरसिंहधामको संरक्षणको लागि एक अर्ब ५० करोडको लागतमा धाम क्षेत्रलाई सिसाभित्र राख्ने योजना आगाडी सारिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

जनताको विश्वास जित्न नसकेपछि दलहरूले निर्वाचन प्रणालीमा प्रश्न उठाए- प्रमुख आयुक्त थपलिया

थपलियाले पछिल्ला ८ वटा निर्वाचनमध्ये ४ निर्वाचनमा विभिन्न दलले बहुमत ल्याउदाँ पनि पुरा सय सरकार टिकाउने नसकेको बताए। उनले स्थिर सरकारका लागि निर्वाचन प्रणाली भन्दा राजनीतिक दलको प्रवृति गलत भएको दाबी गरे। ‘स्थिर सरकार नबनेका कारण निर्वाचन प्रणाली फेर्ने हो भने पछिल्ला ८ वटा निर्वाचन मध्ये २०१५, २०४८, २०५६ र २०७४ मा विभिन्न दलको बहुमत आएको थियो। तर, निर्वाचनपछि गठन भएका कुनै पनि सरकारको आयु ३ वर्ष पनि टिकेन,’ थपलियाले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्याङ्जामा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

दुर्घटनामा परेका मध्ये पर्वत कुश्मा नगरपालिका-१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घाइते हुनेहरूमा सल्यान सारदा नगरपालिका-७ बस्ने १५ वर्षीय हरि परियार, स्याङ्जा आधिँखोला गाउँपालिका-२ ओहिया बस्ने ३३ वर्षीय कमल नेपाली, चितवन राप्ती नगरपालिका-६ भण्डारा बस्ने ४१ वर्षीय प्रकाश विक र सोही ठाउँका ४१ वर्षीय सुमित्रा विक छन्।

बिएल संवाददाता

बिएल संवाददाता - स्याङ्जा

काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन

शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको छ। शुक्रबार बिहानको तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको थियो। गत शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो। त्यसपछि आइतबार र सोमबार ५ डिग्री सेल्सियस, मंगलबार ४.८, बुधबार ४.३, बिहीबार ४.६ र शुक्रबार ४.६ डिग्री सेल्सियस मापन भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुलको पक्षमा बोलेको भन्दै रास्वपाको कार्वाहीमा परे कोशी प्रदेश सभापति

पार्टीबाट निष्कासित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री मुकुल ढकालको पक्षमा बोलेको भन्दै कोशी प्रदेशका सभापति राजेश तिम्सिना पार्टीको निलम्बनमा परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ईयूका राजदूत र मन्त्री पाण्डेको भेटवार्ता, नेपाली वायुसेवामाथिको प्रतिवन्ध फुकुवा गरिदिन आग्रह

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्न आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जिबी राईको पासपोर्ट रद्द गर्न अदालतको आदेश

जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलन गरेर फरार रहेका गितेन्द्रबाबु राई (जिबी)को पासपोर्ट रद्द गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको एकल इजलासले जिबीको पासपोर्ट रद्द गर्नलाई आदेश दिएको स्रेस्तेदार राजन खनालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

५० हजार धरौटीमा छुटे निकोलस भुसाल

कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले निकोलसलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध  विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा मुद्दा दर्ता गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

निकोलसविरुद्ध साइबर अपराधको मुद्दा दर्ता, १ लाख जरिवाना र ५ वर्ष कैदको माग

भुसालको साथबाट बरामद भएको मोबाइल र सिमकार्डसमेत परीक्षणको लागि नेपाल प्रहरी प्रधान कार्यालय, डिजिटल फरेन्सिक ल्याब काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ। फरेन्सिक रिपोर्ट प्राप्त नभएकाले पछि पेश गरिने अभियोजन पत्रमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी आचार्य

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि आचार्यलाई प्रवक्ता तोकिएको कार्यालयले शुक्रबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इप्पानलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरू लगानी गर्नुस्, अरुलाई खोला दिनु पर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान)लाई उर्जामा लगानी बढाउन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको जनाउँदै व्यवस्था बदलिदो अवस्था बदलिएन भन्नेहरूलाई उत्पादकहरूले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं