आइतबार, १५ फेब्रुअरी २०२६

काभ्रेको पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

News Image
सांकेतिक तस्बिर
• • •

काभ्रेको पाँचखाल नगरपालिका–४ स्थित लामिडाँडास्थित अरनिको राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भएका २६ वर्षीय सुशील आले मगर छन्।

बुधवार दिउँसो धुलिखेलबाट दोललाघाटतर्फ जाँदै गरेको बा.प्र–०२–०३० प ८०१३ नम्बरको मोटरसाइकललाई बाह्रबिसेबाट काठमाडौं आउँदै गरेको बा३ख ८४३ नम्बरको बसले ठक्कर दिएको थियो।

बसको ठक्करबाट अचेत अवस्थामा रहेका मोटरसाइकल चालक आलेलाई तत्काल उद्धार गरी धुलिखेल अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

बस चालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!