शुक्रबार, ०७ नोभेम्बर २०२५

काठमाडौं महानगरमा भोलि शोक बिदा

तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने भएको छ। शनिबार प्रशासन विभागले सूचना जारी गर्दै शोक बिदासम्बन्धी जानकारी दिएको हो। ००४ साल माघ २९ गते जन्मेका डंगोल लामो समयदेखि पिसाव थैलीको क्यान्सरसँग जुधिरहेका थिए। उनको उपचारमा संग्लन स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो। हप्तामा २ दिन गराउनुपर्ने डाइलाइसिस गएको बिहीबार मात्र गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको स्वागतमा देखिएका ‘नामुद ठग’लाई काठमाडौं ‍ल्याइयो, भेटियो भारतीय ‘आधार कार्ड’

आफूलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ‘नजिकको मान्छे’ बताउँदै भारत र नेपालका व्यापारीहरूलाई धम्क्याउँदै करोडौं रकम उठाएर फरार व्यक्तिलाई पक्राउ गरी काठमाडौं ल्याइएको छ। व्यापारीहरूबाट ठगेको करोडौं नतिरी फरार भएका ‘नामुद ठग’ हुन् बलराम ढकाल। उनलाई नेपाल प्रहरीको विशेष टोलीले वैशाख ८ गते सोमबार ठगीसम्बन्धी कसुरमा पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौं प्रहरीले चेक बाउन्स मुद्दामा अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार ढकालले व्यापारीहरूसँग बिना भुक्तानी भारतबाट सामान मगाउने गरेका थिए। कारोबार करौडौंको भएपछि उनी फरार भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसले अख्तियार र सीआईबीको ‘नक्कली कर्मचारी’ बनेर ठगे

मण्डलले शहिदनगर नगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा सर्वसाधारणलाई आफू अख्तियारको बर्दिबास-महोत्तरी र सीआईबी काठमाडौंको अधिकृत भएको भन्दै नक्कली परिचय देखाउँदै मानसिक दबाब दिने, धाकधम्की देखाउने र त्यसबाट व्यक्तिगत लाभ लिने गरेका खुलेको छ। इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको टोलीले वैशाख ११ गते दिउँसो करिब १ बजे शहिदनगर नगरपालिका-३ स्थितबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पक्राउ परेका मण्डललाई सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

हिमालसम्मै पुग्यो औलो, हुम्ला उच्च जोखिममा

खासगरी लामखुट्टेको टोकाइबाट लाग्ने र फैलिने औलोलाई मलेरिया पनि भनिन्छ। तराई क्षेत्रमा हुने लामखुट्टे विस्तारै पहाड हुँदै हिमालसम्मै पुग्न थालेपछि त्यस्ता सरुवा रोगहरू पनि फैलिंदै जान थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजको मौसमः यी स्थानमा वर्षाको सम्भावना, तराईमा तातो लहर चल्ने

हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस्– राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गते तीनकुनेमा भएको घटनालाई राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण गरिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारसँग वार्ता गर्न सिहंदरबार पुगेका शिक्षकलाई रोकाएपछि...

सरकारसँग वार्ताका लगि सिंहदरबार पुगेका शिक्षकहरू गेटमै रोकिएका छन्। शुक्रबार वार्ताको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जान लागेका उनीहरू गेटपास नभएको कारण गेटमै रोकिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारत–पाकिस्तान सम्बन्धमा दरार, सीमा क्षेत्रमा गोली हानाहान

भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान भएको छ। बिहीबार राति दुई पक्षबीच गोली हानाहान भएको भारतीय टेलिभिजन संस्था एनडिभीले जनाएको छ। भारतको जम्मू–कास्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्धमा दरार आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने सञ्चारमन्त्रीको चेतावनी

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले यस्ताे बताएका हुन्।  मेटालाई नेपालमा दर्ता हुनपटकपटक सूचना जारी गरे पनि नमानेकाे भन्दै उनले अबको ७ दिनभित्र दर्ता हुन चेतावनी दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ– श्याम घिमिरे

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिले देशमा अशान्ति मच्चाउने तत्वहरूले सरकारप्रति गलत किसिमको भाष्य निर्माण गरिरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलरत शिक्षकलाई वार्तामा बाेलाएका छन्। उनले विज्ञप्तिमार्फत शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भनेर शिक्षक तथा कर्मचारीको चासो हुनु स्वभाविक भएको बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संघीय संसद्को हिउँदे अधिवेशन सुरु

संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ।  प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक सुरु भएको हो। आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार परिवर्तन हुँदैन– आरजु राणा

परराष्ट्र मन्त्री आरजु राणाले अहिले सरकार परिवर्तन नहुने बताएकी छन्। शुक्रबार थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार परिवर्तन नहुने बताएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडिओ पनि भाइरल

ट्राफिक प्रहरीले एक जना युवकलाई लखेटेर कुटपिट गरेको अर्को भिडिओ पनि सार्वजनिक भएकाे छ।  ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षक आन्दोलन २४औं दिन पनि जारी

काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने छ।  शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कश्मिरमा २६ जना पर्यटकको हत्या गर्ने ‘द रेसिस्टेन्स फ्रन्ट’ के हो? (भिडिओसहित)

यो घटनाको जिम्मेवारी ‘द रेसिस्टेन्स फ्रन्ट’ अर्थात् टिआरएफ भनिने एउटा आतंकवादी संगठनले लिएको छ। ‘प्रतिरोधी मोर्चा’का रुपमा यो संगठनलाई लश्कर-ए-तायवाले आफ्नो छाँया संगठनको रुपमा प्रयोग गर्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजबाट बजेट अधिवेशन सुरू, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नेछन् र दलीय आधारमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारत-पाकिस्तान ‘युद्ध नजिक’ !

भारत र पाकिस्तान दुबै देश परमाणु हतियारले सम्पन्न छन्। एकअर्काविरुद्ध शक्ति प्रदर्शनका लागि उनीहरूले अत्याधुनिक हातहतियारमा निकै प्रतिस्पर्धा नै गर्छन्। पहलगाम घटनापछि दुबै देशले एकअर्का विरुद्ध अघि बढाएका कदमहरूले फेरि एकपटक दक्षिण एशिया निकै त्रसित बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं